बागलुङमा मतगणना सुरु
बागलुङ : बागलुङमा मतगणना सुरु भएको छ। बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो ४ बजेर ३० मिनेटमा र क्षेत्र नम्बर २ मा ४ बजेदेखि मतगणना सुरु भएको हो।
बागलुङको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ।
यस्तै क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ नगरपालिका-२ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा मतगणना भइरहेको छ।
क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको एक स्थान र प्रदेशसभाको दुई स्थानमा मतगणना भइरहेको छ भने क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको १-१ स्थानमा मतगणना भइरहेको छ।
दुवै स्थानको मतगणना स्थलमा सुरक्षाका लागि तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। बागलुङमा २ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
बागलुङका दुई प्रतिनिधिसभ सदस्य र चार प्रदेशसभा सदस्यको लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा छन्।
बागलुङ क्षेत्र नम्बर १ मा बागलुङ क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता मध्य ५१ हजार ६ सय ६६ (५३.१ प्रतिशत) जनाले मतदान गरेका छन्भने क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता मध्य ५१ हजार ३ सय ६९ (५३.७५ प्रतिशत)ले मतदान गरेका छन्।