पुनः मतदानको माग गर्दै वालिङमा प्रर्दशन
स्याङ्जा: स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतका ४ मतदान केन्द्रमा धाँधली भएको आरोप लगाउदै नेकपा एमालले मतदानको माग गरेको छ।
पुनः मतदानको घोषणा गर्न माग सोमबार वालिङमा प्रर्दशन गरिएको छ। आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ मतदान केन्द्रको बुथ क्याप्चर गरी अधिकतम मत खसालेको नेकपा एमालेको आरोप छ।
एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले समेत पुनः मतदानको माग गरेका छन् ।
कार्यकर्ताले नगरपालिकाको गेटमा प्रर्दशन गर्दै निर्वाचन अधिकृतविरुद्ध नारावाजी गरेका थिए ।
यसैगरी, पुनः मतदानको माग गर्दै निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले अनाधिकृत रुपमा बुथ कब्जा गरी मतदान गरिएको भन्दै पुन मतदान गराउन माग गरिएको छ । पुनः मतदान गराउन माग गर्दै एमाले तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश सभा सदस्यका बुद्धिमान श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।