लमजुङमा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

लमजुङमा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

बेसीसहर : लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका-२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो। 

हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए। उनलाई उपचारका लागि भरतपुर लगिएको थियो। 

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए। मर्स्याङ्दी गाउँपालिका-२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए। तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो। हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.