मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ विजयी
बेसीसहर : मनाङमा नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरूङलाई पराजित गर्दै नेपाली काँग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन्। टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छेपाङले २ हजार २ सय ४७ मत पाए। २०७४ को निर्वाचनमा एमालेका पोल्देन छेपाङले २ हजार १ सय ६७ मत ल्याएर काँग्रेसका टेकबहादुरलाई पराजित गरेका थिए। त्यतिबेला टेकबहादुरले १ हजार ९ सय १९ मत ल्याएका थिए।
२०७० मा पनि टेकबहादुर नै विजयी भएका थिए। उनी श्रमराज्य मन्त्रीसमेत भएका थिए।
मुख्य निर्वाचित अधिकृत उत्तम सिलवालका अनुसार प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्। उनले एमालेका राजन बहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गर्दै प्रदेश सभाको यात्रा तय गरेका हुन्।
उनले १ हजार २ सय ५५ मत पाए। एमालेका उमेदवार राजन गुरूङले ९ सय २५ मत प्राप्त गरे।
मनाङको प्रदेशसभा २ मा भने स्वतन्त्र उमेदवार ‘दीपक मनाङे राजीव गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन्। मनाङमा ४ हजार ८ सय ४५ मत खसेको छ। मतदाता संख्या ६ हजार ४ सय ९६ रहेको थियो।