सिन्धुली-२ मा भारी मतसहित राजन दाहालको अग्रता

सिन्धुली-२ मा भारी मतसहित राजन दाहालको अग्रता

सिन्धुली : सिन्धुलीको प्रतिनिधिसभा २ मा लेखनाथ दाहाल (राजन) ले सुरुदेखि नै अग्रता कायमै राखेका छन्। नेकपा माओवादी केन्द्रका दाहालले नेकपा एमालेका मनोज जंग थापालाई एक हजार ६ सय २१ मत अन्तरले पछि पारेका छन् ।

८ हजार ९ सय ८७ मत गणना सम्पन्न हुँदा दाहालले ५ हजार १२ मत पाएका छन् भने थापाले ३ हजार ३ सय ९१ मत पाएका छन्। 
यस्तै राप्रपाका भिष्मराज श्रेष्ठले ३८, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजुले १, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले ४८ र स्वतन्त्र उमेदवार भुपेन्द्र विश्वकर्माले ‘पुतली’ चिन्हमा ४२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । 

यस क्षेत्रको प्रदेश सभा ‘क’ र ‘ख’ दुबैमा गठबन्धन दलका उमेदवार नै अघि देखिएका छन्। ‘क’ मा नेपाली कांग्रेसका क्षेत्र बम्जनले नेकपा एमालेका विनोदकुमार खड्कालाई दुई हजार ४ सय ३० मत अन्तरले पछि पारेका छन्। बम्जनले ५ हजार ५ सय २० मत प्राप्त गर्दा खड्काले ३ हजार ९० मत मात्र पाएका छन्। 

यस्तै प्रदेश सभा ‘ख’ मा पनि गठबन्धन दलतर्फबाट साझा उमेदवार नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठले अग्रता कायम गरिरहेका छन्।

श्रेष्ठले एमालेका रामकुमार पौडेललाई एक हजार ६ सय ३४ मत अन्तरले पछि पारेका छन्। ८ हजार ९ सय ८७ मत गणना हुँदा श्रेष्ठले ५ हजार ६५ र एमालेका पौडेलले ३ हजार ४ सय ३१ मत पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.