पोखरा‐दुबई उडानका लागि परराष्ट्रमन्त्रीले गरिन् युएइका मन्त्रीसँग आग्रह

पोखरा‐दुबई उडानका लागि परराष्ट्रमन्त्रीले गरिन् युएइका मन्त्रीसँग आग्रह
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश,अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले  ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन्। 

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आज साइडलाइन भेट भएको हो ।  भेटका क्रममा उनीहरू बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम,पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्युनिकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो । 

मन्त्री राणाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।  त्यस अवसरमा मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए।

उनीहरूका बीचमा दुई देशबीच पर्यटन,आर्थिक विकास,व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो । 

मन्त्री राणाले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरेको थियो। मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

साथै सो भेटका क्रममा मन्त्री देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी मेमा काठमाडौंमा सगरमाथा संवादको आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनको अवस्थामा केन्द्रित हुने सो संवादमा भाग लिन युएइलाई पनि आमन्त्रण गरेकी  थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.