लमजुङमा एमालेका पृथ्वीसुब्बाको अग्रता कायमै, १९०९ मतले पछाडि देवप्रसाद
बेंसीसहर : लमजुङको प्रतिनिधिसभामा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अग्रता कायमै गरेका छन्। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङलाई १९०९ मतले पछाडि पार्दै पृथ्वीसुब्बाले अग्रता लिएका हुन्।
१७ हजार ९ सय २८ मतगणना हुँदा पृथ्वीसुब्बाले ९ हजार १ सय ९ र देवप्रसाद गुरूङले ७ हजार २ सय मत पाएका छन्।
प्रतिनिधिसभातर्फ दुधपोखरी र क्ब्होँलासोंथर गाउँपालिकाको पुरै मत मतगणना भएकाे छ भने मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाको आधा मतगणना भएको छ।
प्रदेश सभा १ मा ८ हजार १ सय ८३ मतगणना हुँदा नेकपा एमालेका जमिन्द्रमान घलेले ३ हजार २ सय ७३ पाउँदा नेपाली काँग्रेसका डा. टकराज गुरुङले ४ हजार ६ सय ४५ मत ल्याएका छन्।
प्रदेश सभा २ मा १० हजार ७ सय ६० मतगणना हुँदा एमालेका कृष्णप्रसाद अधिकारीले ६ हजार ३ सय ८२ मत ल्याउँदा काँग्रेसका भेषबहादुर पौडेलले ४ हजार ८ सय ५४ मत पाएका छन्।
कूल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको छ।