पूर्वमन्त्री लेखराज भट्टलाई कसले दियो ज्यान मार्ने धम्की?

पूर्वमन्त्री लेखराज भट्टलाई कसले दियो ज्यान मार्ने धम्की?

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टलाई  ज्यान मार्ने धम्की दिइएको छ । मंगलबार बिहान भट्ट घरमा नभएका बेला आएका दुईजनाले मन्त्रीलाई बाहिर निकाल, मारि दिन्छौं, काटिदिन्छौं भन्दै घरभित्र पस्न खोजेको भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका भट्ट मंगलबार बिहान धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाकी सासूको शवयात्रामा धनगढी थिए । आफन्त बिरामी परेकाले उनकी पत्नी निर्मला पन्त धनगढीको निसर्ग अस्पताल गएका बेला घरमा आएका दुईजनाले भट्टलाई मार्ने धम्की दिएका हुन् । 

घरमा आएर धम्की दिने दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । ‘धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका वडा नम्बर २ का दिपेन्द्र विकलाई पक्राउ गरिएको छ । दुवैजनाले आफू पूर्वलडाकु भएको बयान दिएका छन्,' प्रवक्ता जोशीले भने ।

प्रहरीले दुवैजना मदिरा सेवन गरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ । यसअघि भट्टको घरमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो। तर, चुनावका बेला उनको घरको सशस्त्र प्रहरी फिर्ता गएको थियो । 

यो घटना पछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट थप सुरक्षा तैनाथ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.