कैलाली- ४ मा लेखराज भट्टको अग्रता कायमै

कैलाली- ४ मा लेखराज भट्टको अग्रता कायमै

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टको अग्रता कायमै छ । 

पछिल्लो मतपरिणामअनुसार भट्टले ८०५७ मत प्राप्त गरेका छन् भने सत्ता गबन्धनका तर्फबाट वीरबहादुर बलायरले ७४२५ मत प्राप्त गरेका छन् । अहिलेसम्म भट्ट ६३२ मतले अग्रस्थानमा छन । 

कैलाली निर्वाचन क्षत्र नम्बर ४ मा गोदावरी र गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल ५ र ९ गरी ३० वडा पर्दछन् । अहिले चुरे गाउँपालिकाका ६ वडा, मोहन्यालको ५ नम्बर वडा, गोदावरीको १, ८ र ९ नम्बर  वडाको गणना सकिएको छ । 

गोदावरी, मोहन्याल र गौरीगंगाका २० वडाको मतगणना अझै बाँकी छ । लेखराज भट्ट पूर्वमन्त्री हुन् । उनले २०६४ र २०७४ सालको निर्वाचन यही क्षेत्रबाट जितिसकेका 
हुन् भने बलायर यसपाली डोटीबाट यता आएर चुनाव लडेका हुन् । 

बलायर पनि पूवमन्त्री हुन् । उनले २०७० सालको निर्वाचन जितेपछि उनी मन्त्री भएका थिए । डोटी समाजवादीको भागमा परेपछि कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति समेत रहेका बलायर कैलाली ४ बाट चुनाव लडेका हुन्। दुवैजनाका बीचमा कडा प्रतिस्पर्धा देखिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.