मतगणना गर्नुपर्ने माग गर्दै कांग्रेससहित गठबन्धनको धर्ना

मतगणना गर्नुपर्ने माग गर्दै कांग्रेससहित गठबन्धनको धर्ना

स्याङजा : स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणना सुरु गर्नुपर्ने जनाउँदै वालिङमा धर्ना दिइएको छ।

क्षेत्र नं. १ को सोमबार दिउँसोदेखि मतगणना जारी छ। तर, २ को भने अझैं मतगणनाको प्रक्रिया समेत सुरु हुन सकेको छैन। मतगणना प्रक्रिया सुरु गर्न भन्दै नेपाली कांग्रेससहित गठबन्धनले निर्वाचन कार्यालयमा धर्ना दिएका छन्। 

नेकपा एमालेले केही मतदान केन्द्रमा नेपाली काँग्रेसले बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप लगाउँदै पुनः मतदानको माग गरेपछि क्षेत्र नं. २ मा मतगणना कार्य सुरु हुन सकेको छैन।

निर्वाचन कार्यालयले सोमबार आह्वान गरेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि अहिले सम्म पनि निर्वाचन कार्यालयले मतगणना प्रक्रिया अगाडी बढाउन सकेको छैन। 

मतगणना प्रक्रिया अगाडि नबढाएपनि नेपाली कांग्रेससहित गठबन्धनका दलहरूले मतगणना प्रक्रियालाई सुरु गर्न भन्दै निर्वाचन कार्यालय अगाडि मंगलबार बिहान ९ बजेदेखी धर्ना दिँदै बसेको छ।

यस विषयमा निर्वाचन आयोगमा जानकारी पुगिसकेकाले निर्वाचन आयोगको पर्खाइमा रहेको स्याङ्जा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। 

नेकपा एमालेले चापाकोटका केही मतदान केन्द्रमा पुन मतदान नभएसम्म मतगणना हुन नदिने जनाएको छ।नेपाली कांग्रेसले प्रक्रिया पूरा गरेर मतपेटिका आइसकेपछि मतगणना सुरु गर्नुपर्ने अडानमा छन्।

मतगणना गनुपर्ने माग गर्दै नेपाली कांग्रेसका उपसभापति केदार काफ्ले, नेकपा माओवादी संयोजक प्रकाश न्यौपाने (किरण), नेकपा एकीकृत समाजवादीका इन्चार्ज प्रेमनारायण पौडेल, नेकपा माक्सवादी (पुष्पलाल) का अध्यक्ष डोलराज बिक र नेपाल समाजवादी पार्टीका अध्यक्ष ख्यामनारायण ढकालद्धारा हस्ताक्षरिते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै निर्वाचनका निर्देशित ऐन कानून पालना गर्दै तत्काल मतगणना सुरु गर्न माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.