अछाम– १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछाम– १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य शेरबहादुर कुँवर विजयी भएका छन्।  गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। ४ हजार ४८९ मतान्तरले कुँवर विजयी भएका छन्। नेकपा एमालले आफ्नो विरासत जोगाउन नसकेको हो।

स्वतन्त्र राजन कुँवरले ४ हजार ३९२ , हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१ स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गरेका छन्। 

प्रतिनिधि सभातर्फ खसेका ४१ हजार ६ सय ४३ मतमध्ये १९७७ मत बदर भएका छन्। बदर मतहरुमा अधिकाश सबै चिन्हमा छाप लगाएको पाइएको छ। 

२०७४ को निर्वाचनका एमालेका नेता डा. भीमबहादुर रावलले २४ हजार ८ सय ९३ मत पाएर विजयी भएका थिए भने उनका  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार  ६ सय ८९ मत पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.