उमेश श्रेष्ठभन्दा झण्डै दोब्बर मतले रवि लामिछानेको अग्रता, एमाले दोस्रो
चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अग्रता लिएका छन्। एमालेका उम्मेदवारभन्दा ७ हजार ८७१ मतान्तरले अग्रता लिएका हुन्।
लामिछानेले १४ हजार ८१२ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत ल्याएका छन्।
नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। काङ्ग्रेसका श्रेष्ठले ६ हजार ६०८ मत प्राप्त गरेका छन्। उमेशभन्दा रविले ८ हजार २०४ मतले अग्रता लिएका हुन्।