डोटी प्रदेश ‘ख’ मा माओवादीका ओली विजयी

डोटी प्रदेश ‘ख’ मा माओवादीका ओली विजयी

डोटी : डोटी जिल्ला प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका नेता शिव सिं ओली विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका माओवादी डोटी जिल्ला इन्चार्ज ओली नेकपा एमाले उम्मेदवार टेकबहादुर बमलाई ९१९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।

विजयी ओलीले १४०४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बमले १३१२८ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका मोहनबहादुर बमले १ हजार ३ सय २७ मत प्राप्त गरेका छन्। प्रदेश सभा ‘ख’ मा ३० हजार २३४ मत खसेको थियो। जसमा १ हजार ३२ मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.