नेमकिपाका प्रेम सुवाल ३६४१ मतले अगाडि
भक्तपुर : भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीले अग्रता थालेको छ। मतगणना सुरु भएदेखि पछि पर्दै आएका पार्टीका प्रेम सुवालले अग्रता थालेका हुन्।
बुधवार बिहानसम्म सुवालले १३ हजार ६ सय मत पाएका छन्। उनलाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। गेलालले नौ हजार नौ सय ५९ मत पाएका छन्।
तेस्रोमा राप्रपाका भरतबहादुर खडकाले आठ हजार २३ मत पाएका छन्। यो क्षेत्रमा भक्तपुर १ क चाँगुनारायण क्षेत्रको मतगणणा सकेको छ।
अब भक्तपुर १ ख भक्तपुर नगरको मतगणना सुरु भएको हो। यस अनुसार सुवाल रफतारले अगाडि बढ्ने निश्चित छ।
उता भक्तपुर क चाँगुनारायणबाट नेपाली कांग्रेसले खाता खोलेको छ।
उक्त प्रदेश सभाको सदस्यमा कांग्रेसका सुरेश श्रेष्ठले जित निकालेका छन्। श्रेष्ठ नौ हजार चार सय २१ मतका साथ विजयी भएका हु्न्।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका मोहनवीर श्रेष्ठ भएका छन्। श्रेष्ठले आठ हजार दुई सय १२ मत पाएका छन्। तेस्रो स्थान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सुरक्षित गरेको छ।
नेमकिपाका मिनबहादुर बाटाले आठ हजार १० मत पाएका छन्। चौथौमा राष्टिय प्रजातन्त्र पार्टीका पाँच हजार नौ सय ३० मत पाएका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार जेव्राले एक हजार एक सय २८ मत पाएका छन्।
यो प्रदेशमा यसअघि पनि कांग्रेसका कृष्णलाल भडेल निर्वाचित भएको थियो। साथै चाँगुनारायण नगरपालिकाको मेयरमा पनि कांग्रेसकै जीवन खत्री निर्वार्चित भएका थिए।