जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

बागलुङ : राष्ट्रिय जनमोर्चाले बागलुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी सुरुवात गरेको छ। जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

जनमोर्चाका केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भए। मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६२६ को मतान्तरले निर्वाचित भएका छन्। पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन्।

केसी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। पाठक निवर्तमान सांसद हुन्। बागलुङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १८१ मत प्राप्त गरे। 

यस्तै राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस (विपि)का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरे।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’मा समेत पाँच दलीय गठबन्धनका साँझा उम्मेदवारहरू विजयी भएका छन्। 

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्रबहादुर थापा विजयी भएका छन्। 

थापाले १३ हजार ८८४ मत ल्याएरभने उनका प्रत्याशी नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४०५ मत प्राप्त गरे। 
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार ४५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक ४०७ र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले १०७ मत प्राप्त गरे।

बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता मध्ये २८ हजार आठ सय २५ मत खसेको थियो। जसमा ६३२ मत बदर भएको छ।

यस्तै बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी विजयी भएका छन्। 

सुवेदीले १३ हजार ३२० ल्याएर विजयी हुँदा नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.