भक्तपुर १ मा नेमकिपाका सुवाल १४ हजार मतले अगाडि
भक्तपुर : भक्तपुरको क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विपक्षीभन्दा झण्डै १४ हजार मतले अगाडि बढेको छ।
साँझ सवा ५ बजे सार्वजनिक मत परिणामअनुसार नेमकिपाका प्रेम सुवालले २४ हजार ६१७ मत पाएका छन्।
नेमकिपालाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। गेलालले १० हजार ८३६ मत पाएका छन्। तेस्रोमा राप्रपाका भरतबहादुर खडकाले आठ हजार ५४३ मत पाएका छन्।
सता गठबन्धनकातर्फबाट माओवादीका उम्मेदवार सुनील गोठे सबैभन्दा तल छन्। उनी चार हजार पाँच सय ३८ मतमा सीमित छन्।
यो क्षेत्रमा भक्तपुर १ क चाँगुनारायण क्षेत्रको मतगणना सकेको छ। भक्तपुर नगरपालिका क्षेत्रको पनि वडा नं १०, १,२,३ र ४ को मतगणना सकिएको छ।
अब भक्तपुर नगरपालिका वडा नं ५, ६, ७, ८, ९ वडा बाँकी छन्। नेमकिपाको गढका रूपमा रहेका यी वडाहरूमा पनि नेमकिपाले मत भार बढाउँदै लाने निश्चित प्रायः छ।