मकवानपुर १ (२) मा एमालेका श्रेष्ठ निर्वाचित
हेटौंडा : मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा नेकपा एमालेका एकालाल श्रेष्ठ निर्वाचित भएका छन्।
एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन्।
श्रेष्ठ पहिलो पटक जनप्रतिनिधिको रुपमा निर्वाचन लडेका हुन्। उनले पहिलो निर्वाचनमै सफलता हात पारेका हुन्।
सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो। जसमा श्रेष्ठले १४ हजार २२५ मत पाउँदा पराजुलीले १३ हजार ३५६ मत पाएका हुन्। त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत पाएका हुन्।
यसअघि मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन्। उनले नेकपा एमालेका लालबहादुर थापालाई १ हजार ७८२ मतले पराजित गरेका हुन्।