पूर्वमन्त्री किसान श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

पूर्वमन्त्री किसान श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

सिमरा : बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। 

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे। श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन्। 

२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए।

बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये अन्य तीन क्षेत्रमा मतगणना जारी छ। जारी मतगणनाअनुसार बारा १ मा नेकपा एमालेका अच्युत मैनाली, बारा २ मा जसपाका रामसहाय यादव र बारा ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह अग्र स्थानमा छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.