सोलुखुम्बुको प्रदेशसभा २ मा एमालेका राजभण्डारी निर्वाचित

सोलुखुम्बुको प्रदेशसभा २ मा एमालेका राजभण्डारी निर्वाचित

 सोलुखुम्बु : एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभा २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन्। 

उनले १० हजार १ सय २८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन्। 

एमालेका राजभण्डारीले उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पारेका हुन्। कुल १९ हजार ९ सय ४ मत खसेको यस प्रदेशसमा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन्। 

उनी यसअघि पनि यो क्षेत्रबाट निर्वाचित भएर १ नम्बर प्रदेशको नेकपा एमालेको प्रमुख सचेतक बनेका थिए। सम्पन्न मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार महेस रानामगरले १ हजार ९०, राप्रपाका प्रेमहरी दाहालले ३ सय ४८, मंगोल नेशनल अर्गनाईजेसनका शान्तिामाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.