झापा २ मा एमालेका देवराज घिमिरे निर्वाचित

झापा २ मा एमालेका देवराज घिमिरे निर्वाचित

झापा: झापा क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।

घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत ल्याएका छन् ।  त्यस्तै सत्तारुढ गठबन्धनकाबाट माओवादी केन्द्रका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो भए । 

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरी आए । उनको मत सङ्ख्या ८ हजार ४२४ हो ।

झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । 

जसमध्ये ५ हजार ४९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.