जाजरकोटमा  शक्ति बस्नेतको ह्याट्रिक

जाजरकोटमा  शक्ति बस्नेतको ह्याट्रिक

जाजरकोट : जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्। नौ हजार ३१ मतान्तरले बस्नेत विजयी भएका हुन्।

उनले ३४ हजार एक सय ५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार एक सय २० मत पाए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए। बस्नेतले योसँगै तीन पटक संदसदीय निर्वाचन जिते। २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए।

नेकपा ( माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका शक्ति बहादुर बस्नेत २०२८ साल वैशाख १ भेरी नगरपालिका–१ कालेगाउँमा जन्मिएका हुन्।

२०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्य भए। २०४९ सालदेखि पार्टीको जाजरकोट जिल्ला सेक्रेटरीको भूमिकामा रहे।

२०५१ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्यूरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए। उनी २०५५ सालमा नेकपा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भए भने २०५७ सालमा केन्द्रीय सदस्य भए।

२०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरे। २०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल उपमहासचिव छन्। बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए भने २०७२ सालमा गृहमन्त्री बने। २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री थिए। उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी पनि राजनीतिमा सक्रिय छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.