अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी

अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी

अर्घाखाँची : एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ। प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझी  ४२ हजार ६ सय ७५ मत लिएर विजयी भएका हुन्।

 
निकतम प्रतिस्पर्धी नेपाली  कांग्रेस केन्दीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन। रायमाझी १७ सय ३० मत अन्तरले विजयी भए।

रायमाझी २०६४,२०७०,२०७४ र २०७९ गरी ४ पटक विजयी भएका छन्। हाल रायमाझी नेकपा एमाले केन्द्रीय सचिव छन्।  पूर्व उपप्रधानमन्त्री भइसकेका रायमाझी पटक-पटक मन्त्री भइसकेका छन्। राष्ट्रिय  स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गरेका छन्। 

प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन् । उनी २० हजार ५ सय १८ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७सय ७८मत प्राप्त गरे।

आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए। लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य हुन्। 

 प्रदेश सभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी भएका छन् । घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन्।

उनको निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। घिमिरे ८ सय १ मतअन्तरले विजयी भए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.