देव गुरुङले पृथ्वी सुब्बालाई बधाई दिँदै भने- दुवै मिलेर बाम एकताको पहल गरौँ
बेसीसहर: गएको स्थानीय निर्वाचन अघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ बाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिईरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई ईन्कार गरिदिए ।
२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीय स्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो । ०७४ मा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवप्रसादविच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । `चुनाव अघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने ।
२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गरे।
बिहीबार बिहान साँढे ३ बजे परिणाम आएपछि करिव ९ बजे देव गुरूङ बधाई दिन पृथ्वीसुब्बा बसेको होटलमा पुगे । त्यहाँ उनले जितको शुभकामना दिएका थिए ।