पूर्वमुख्यमन्त्री शेरधनलाई पछि पार्दै सुदन
भोजपुर : भोजपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले पूर्वमुख्यमन्त्री शेरधन राईलाई १८ सय २० मतले पछि पारेका छन्। पछिल्लो मत परिणाम अनुसार, किरातीले १८ हजार २ सय ४१ मत पाएका छन्।
नेकपा एमालेका शेरधन राईले १६ हजार ३ सय ४१ मत ल्याएका छन्। भोजपुरमा अहिलेसम्म ३७ हजार ४ सय ६७ मतगणना भएको छ।