नवलपरासी-२ को समानुपातिकमा राप्रपाको अग्रता
परासी: नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ को समानुपातिकतर्फ राप्रपाले अग्रता लिएको छ ।
दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । कुल ५९ हजार ८४७ मत गन्दा राप्रपाको १४ हजार १४१ मत छ ।
नेपाली कांग्रेसको १० हजार ३३९ र राष्ट्रिय स्वतन्त्र पार्टी को ९ हजार ८६७ छ । एमालेको ८ हजार ९४९ रहेको छ । कुल ८८ हजार ५२३ मत खसेको यस निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरले राप्रपा अघि छ ।