कांग्रेसका आङ्देम्बेलाई ४७ मतले हराउँदै एमालेका बसन्त नेम्बाङ विजयी
फिदिम : पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बसन्तकुमार नेम्बाङ विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतले पछि पार्दै नेम्बाङ निर्वाचित भएका हुन्।
नेम्बाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाएका हुन्। यो जीतसँगै नेम्बाङ पाँचथरबाट चौथो पटक सांसदमा निर्वाचित भएका हुन्। यसअघि उनी २०४८,२०५६ र २०७४ सालमा निर्वाचित भएका थिए।
एमाले अध्यक्ष केपी सर्मा ओली निकट नेम्वाङ २०३६ सालमा नेपाल ल क्याम्पसबाट विद्यार्थी राजतिति मार्फत राजनीतिमा होमिएका हुन्।