कैलाली -५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी
मंसिर ९, २०७९ शुक्रबार ११:७:०
धनगढी : प्रतिनिधिसभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्।
गठबन्धनका साझा उम्मेदवार पन्त २१ हजार ३९२ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानाले २० हजार ३१८ प्राप्त गरे।
पन्त र रानाको मतान्तर १ हजार ७४ छ।