घर फर्के म्यादी प्रहरी

घर फर्के म्यादी प्रहरी

बागलुङ : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भर्ती गरिएका बागलुङका म्यादी प्रहरी जिम्मेवारी सकिएपछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई बिहीबार कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो।

आम निर्वाचनका लागि असोज २८ गते बागलुङमा ८८६ जना पुरुष र २ सय ५१ जना महिला गरी १ हजार १ सय ३७ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

बागलुङमा म्यादी प्रहरी अपुग भएपछि म्याग्दीबाट ३३ जना र पर्वतबाट ३० जना ल्याइएको थियो । उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले प्रशंसापत्र वितरण गरि बीदाइ गरेका थिए । 

जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या सिर्जना तथा विवाद र गुनासो नभएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । उनले निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । बिदाइ भएका म्यादी प्रहरीहरुलाई प्रजिअ ढकालले चालिस दिन कार्य अवधिमा सिकेको ज्ञान, सीप अब समुदायको शान्ति सुरक्षा कायम गर्नमा लगाउनुपर्ने बताए ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले अब म्यादी प्रहरीहरु अब नेपाल प्रहरीको भूपु सदस्य भएको बताए । उनले ४० दिन राष्ट्रको सेवा गरेपनि त्यो राष्ट्रको सेवा नै भएको बताउँदै अब म्यादी प्रहरी नभइ प्रहरीको भूपु सदस्य रहेको अनुभूति गर्नुपर्ने बताए । ‘४० दिन भएपनि राष्ट्र सेवक नै भएको हो, 'प्रउ ज्ञावलीले भने,‘तपाईंहरु म्यादी प्रहरी होइन । अब नेपाल प्रहरकिो भूपु सदस्य हो । तपाईंहरुलाई केही परेमा प्रहरीमा आएर सहयोग माग्न सक्नुहुन्छ ।’

प्रउ ज्ञावलीले घर गएपछि गाउँ घरमा हुने महिला हिंसा दुर्व्यवहार, चोरीलगायतका घटनाहरु अन्त्य गर्नका लागि प्रहरीको सहयोगीको भूमिका निर्वाह गर्न म्यादी प्रहरीलाई अनुरोध गरेका थिए । उनले आफ्नो घर र छिमेकमा शान्ती सुरक्षा गर्न र केही विवाद भएमा मेलमिलाप कर्ताको भूमिका निर्वाह गर्न अनुरोध गरे । 

सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको म्यादी प्रहरी पूर्णिमा विकले बताइन । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएर घर फर्किदा खुसी लागेको बताइन । ‘हामीले आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किएका छौँ,' उनले भनिन्–'तालिममा सिकेका ज्ञान, सीपलाई समाजको शान्ति सुरक्षा व्यवस्थापन, विवाद हल गर्न प्रयोग गछौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.