जनतासँग गरेका वाचा पूरा गर्न अहोरात्र खट्नेछु : आले

जनतासँग गरेका वाचा पूरा गर्न अहोरात्र खट्नेछु : आले

डोटी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन्।

निर्वाचितपछि मतदातालाई धन्यवाद दिन शुक्रबार डोटीमा आयोजित कार्यक्रममा बोल्दै आलेले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको बताए।

उनले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायलहुँदै बझाङको उरै जोड्ने सडकको काम आफ्नो पाँचवर्षे कार्यकालभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 

उनले भने,' जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् । काम गर्न म अहोरात्र खट्नेछु ।' 

नेता आलेले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भएपनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने बताए।

उनले भने, 'अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।' 

संघीय संसद्मा उनको यो लगातार तेस्रोपटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उनले २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.