सङ्खुवासभाबाट प्रतिनिधिसभा कांग्रेसका खड्का दोस्रो पटक विजयी

सङ्खुवासभाबाट प्रतिनिधिसभा कांग्रेसका खड्का दोस्रो पटक विजयी

सङ्खुवासभा : सङ्खुवासभामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन्। कांग्रेसका खड्काले दोस्रो पटक ३२ हजार १ सय ५८ मत ल्याएर ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले बताए।   

खड्का र नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम बीच भएको तेस्रो प्रतिस्पर्धामा गौतमले २६ हजार ७ सय १९ मत ल्याएर पराजित भएका हुन्। गठबन्धनको सहयोगमा ५ हजार ४ सय ३९ मत अन्तरले खड्का विजयी भएका हुन्। 

२०७० सालको निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरि खानेपानी तथा सरसफाई राज्य मन्त्री भएका थिए। खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापति समेत हुन्। प्रतिनिधिसभातर्फ ६५ हजार ३ सय ३७ (५६ प्रतिशत) मत खसेकोमा २ हजार ७ सय ५७ मत बदर भएको छ। 

२०७० को चुनावमा खड्काले ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए भने एमालेका गौतमले १० हजार ९ सय ७३ मात्र ल्याएर पराजित हुन पुगेका थिए। माओवादीका राजेन्द्र किराँतीले ४ हजार २९३ मत ल्याएका थिए। 

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ निर्वाचनमा बामगठबन्धनको तर्फबाट गौतमले ३२ हजार ७६९ मत ल्याएर खड्कालाई हराएका थिए। खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए। 

२०४८ सालमा जिल्लाको दुबै क्षेत्रमा एमाले विजयी भएको थिए। सो चुनावमा क्षेत्र नम्बर १ बाट घनेन्द्र बस्नेत र क्षेत्र नम्बर २ बाट पर्शुमेघी गुरुङ विजयी भएका थिए। त्यसैगरि २०५१ सालको मध्यावधी चुनावमा पनि दुवै क्षेत्रमा एमाले नै विजयी भयो। 

क्षेत्र नम्बर १ बाट डेडराज खड्का र क्षेत्र नम्बर २ बाट हरि बैरागी दाहाल विजयी भएका थिए। त्यसपछिको २०५६ सालमा भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसका टंकप्रसाद राई र क्षेत्र नम्बर २ मा एमालेका पर्शुमेघी गुरुङ विजयी भएका थिए। 

माओवादी निर्वाचन प्रकृयामा आएपछि २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नम्बर २ एमाले र क्षेत्र नम्बर १ मा माओवादीले जितेको यस जिल्ला दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसले जितेको थियो। 

२०४८ साल एता २०७० दोस्रो संविधानसभाको चुनावबाहेक अन्य चुनावमा एमालेको बर्चश्व रहेको थियो। 

विजयी खड्का को हुन् 

धर्मदेवी नगरपालिका-८ मा २०२८ असार १५ जन्मिएका खड्का उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगे। उनी २०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी थिए। त्यसबीचका अनेक सार्वजनिक आन्दोलनमा उनी सक्रिय बनिरहे।

२०४६ सालको आन्दोलनमा सक्रियता तथा प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहे। त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर उत्तीर्ण गरे। 

२०६७ सालमा गृहजिल्ला सङ्खुवासभाबाट महासमिति सदस्य निर्वाचित भए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट सभासद् निर्वाचित भए। 

करिब चार वर्षको संविधानसभा सभासदको कार्यकालका क्रममा ०७३ सालमा उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्री नियुक्त भए। हाल उनी कांग्रेसका सङ्खुवासभा सभापति समेत रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.