बीपी उद्यानको जग्गा जथाभावी प्रयोग नगर्न अदालतको आदेश

बीपी उद्यानको जग्गा जथाभावी प्रयोग नगर्न अदालतको आदेश

वीरगन्ज: वीरगन्जको घण्टाघर चोक छेउमै रहेको बीपी उद्यान (पार्क) को जग्गा, पार्क बाहेक अन्य कुनै पनि प्रायोजनमा नलगाउन उच्च अदालतले वीरगन्ज महानगरपालिकालाई आदेश दिएको छ ।

उच्च अदालत अस्थायी इजलाश वीरगन्जले भदौं २० मा गरेको अन्तिम फैसलाको दुइ दिन अघि प्राप्त पूर्णपाठमा उद्यानको जग्गा, पार्क बाहेक अन्य कुनै पनि प्रयोजनमा उपयोग नगराउन तथा त्यहा पार्कको प्रायोजन बाहेकका भौतिक संरचना निर्माण नगराउन पनि अदालतले आदेश दिएको छ ।

उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायधीशद्वय शारङगा सुबेदी र राजेशकुमार काफ्लेको संयुक्त इजलाशले अन्तिम फैसला गर्दै यस्तो आदेश गरेको हो । 

बीपी उद्यानको जग्गामा वीरगन्ज महानगरपालिकाले सशुल्क सवारी पार्किङलाई ढलान गरेर २०७८ जेठ ३ गते ११ लाख ९५ हजार रुपैयाँमा पृथ्वीराज कन्ट्रश्क्सनलाइ ठेक्का दिएको थियो । 

त्यसैको विरोधमा वीरगन्ज महानगरपालिका वडा नम्बर २० का ३५ वर्षीय धीरजकुमार गुप्ताले पार्क प्रायोजन बाहेक पक्की संरचना निर्माण गर्ने र ठेक्का लगाउने महानगरपालिका विरुद्ध अदालतमा मुद्धा हालेका थिए । 

गत वर्ष महानगरपालिकाले सवारी पार्किङगका लागि १ वर्षका लागि लगाएको ठेक्का अवधि गत जेठ २ गते सकिसकेको छ । त्यसकारण अदालतको फैसला अनुसार महानगरपालिकाले अब उपरान्त सवारी पार्किङका लागि पुन ठेक्का पनि लगाउने पाउने छैन । 

पार्क (उद्यान) बनाउने शर्तमा तत्कालीन नेपाल यातायात संस्थानसंग २०६० सालमा महानगरपालिकाले १० करोड रुपैयाँमा १० बिघा जग्गा खरिद गरेको थियो ।
 
त्यस बेला यातायात संस्थानको स्वामित्वमा रहेको जग्गा, तत्कालीन सरकारले बीपी उद्यान निर्माण गर्ने शर्तमा मात्रै तत्कालीन उपमहानगरपालिकालाइ बिक्री गरेको थियो ।

मालपोतको लालपुर्जामा समेत बीपी उद्यानको जग्गामा उद्यान बाहेक अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । 

तर वीरगन्जका तत्कालीन नगरप्रमुख विजय सरावगीका पालामा महानगरपालिकाले २०७८ बैशाखमा उक्त जग्गामा ढलान गरी सशुल्क सवारी पार्किङका लागि २०७८ जेठ ३ गते ११ लाख ९५ हजार रुपैयाँमा १ वर्षका लागि पृथ्वीराज कन्ट्रश्क्सनलाइ ठेक्का दिएको थियो । जसको नागरिक स्तरबाटै चर्को विरोध पनि भएको थियो ।
 
गत भदौं २० मा अदालतबाट भएको फैसलाको पूर्णपाठमा लेखिएको छ– 
बीपी उद्यान पार्कको जग्गामा पार्क निर्माण नगरि पार्कको प्रायोजन बाहेक अन्य प्रायोजनमा उपयोग हुन थालेपछि पार्क निर्माण कार्यले प्राथमिकता नपाउन सक्ने र अन्य उपयोगिता तर्फ महानगरपालिका उन्मुख हुदै जाने अवस्था हुन सक्ने नै देखिन्छ । जग्गा प्राप्त गरेको करिब दुइ दशक पुग्न लाग्दा समेत बीपी उद्यान निर्माण कार्यले गति लिन नसकेको अवस्थाले समेत सो कुरालाई थप पुष्टि गरि रहेको देखिन आएको छ । तसर्थ महानगरले जग्ग प्राप्त गरेको शर्त तथा प्रायोजन मुताबिक बीपी उद्यान निर्माण कार्य गर्ने देखि बाहेक अन्य प्रायोजनका लागि सो जग्गा उपयोग गर्न नपाउने गरि वीरगन्ज महानगरपालिकाका नाँउमा आदेश जारी गरिएको छ ।

सहिद पार्क सिलान्यास मै सीमित
१० बिघा क्षेत्रफलको बीपी उद्यानको जग्गामै ४ वर्ष पहिले बीपीको नाम हटाएर प्रदेश सरकारले सहिद पार्क निर्माण गरिने भन्दै सिलान्यास पनि गरेको थियो ।
२०७५ माघ १७ गते मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सिलान्यास गरेका थिए । त्यसका लागि प्रदेश सरकारले ७५ लाख रुपैया रकम पनि विनियोजन पनि गरेको थियो । 

तर सहिद पार्क सिलान्यास गरिएको साढे २ वर्ष बित्न लाग्दा समेत प्रदेश सरकारले निर्माण गर्ने भनेको सहिद पार्कको न त अहिले कुनै चर्चा छ, न कुनै नामो निसाना नै ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.