संसदमा खिचडी पाक्ने देखियो : चित्रबहादुर केसी

संसदमा खिचडी पाक्ने देखियो : चित्रबहादुर केसी

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा दलको स्पष्ट बहुमत नआउँदा लोकतन्त्र मजबुत हुनेमा डर पैदा भएको बताएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभामा निर्वाचित केसीले भने,‘पश्चिमा देशहरूमा चार, पाँच सय वर्ष भयो त्यहाँ लोकतन्त्र आएको त्यहाँ लोकतन्त्र तलमाथि पर्ला भन्ने डर छैन। तर, हामीलाई अहिले पनि डर छ।’

केसीले अहिलेको चुनावले लोकतन्त्र मजबुत हुनेमा ढुक्क हुने अवस्था नदेखिएको बताए। ‘एउटा दलले चाहे गठबन्धनले होस् स्पष्ट बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउन सक्नुपर्छ, केसीले भने,‘कुनै दलले पाँच वर्ष सरकार चलाएमा त्यसको गुणदोश र क्षमता जनताले देख्न पाउँछन। यस कारणले यसो भएन भन्न पाउँछन्। तर अहिले कसैको बहुमत आएन। संसदमा खिचडी हुने देखियो।’

स्थायी सरकार नभएका कारण लोकतन्त्र मजबुत नभएको केसीको भनाइ छ। 

‘७ सालपछि देशमा कुनै पनि सरकार पाँच वर्ष चल्न सकेको छैन,’ केसीले भने,‘दश महिना, डेढ वर्ष र बढीमा २ वर्ष सरकार चल्दा जनतामा राजनीतिक पार्टीहरू प्रति विश्वास देखिएन। राजनीतिक पार्टीहरू पनि राष्ट्र र जनताका लाई केन्द्रमा राखेर काम गर्नेभन्दा व्यक्तिगत, पार्टीगत र गुटगत स्वार्थमा लागेको कारण जनताहरूले पार्टीप्रति सद्धा, आस्थाको सट्टा राजनीतिको नाममा कमाउने खाने मात्र भएको बुझेका छन्।’ 

केसीले दक्षिण एसियाका धेरै देशमा लोकतन्त्र मजबुत नभएको बताए। केसीले निर्वाचनको बेला घरदैलो गर्दा जनताले विकास निर्माण र सवै समस्याको समाधान सांसदले गर्नुपर्ने बुझाइ रहेको पाएको बताए। 

उनले सांसदको मुख्य काम देशको नियम, कानुन बनाउने, पद्धती बसाउने, सरकार बनाउने र बजेट ल्याउने भएको बताउँदै विकास निर्माणको कामहरू मन्त्रालयहरू र स्थानीय तहहरूले गर्नुपर्ने बताए। 

उनले मन्त्रालयहरूले काम गरे, नगरेको हेरेर सुझाव दिने सांसदको काम रहेको बताए। जनतामा लोकतन्त्रको अनुभव नभएकोले यो समस्या रहेको केसीको भनाइ छ। 

केसीले निर्वाचन खर्चिलो हुँदै गएको बताए। उनले जनताले राजनीतिक पार्टीको नीति, कार्यक्रम र जनप्रतिनिधिहरू रोजेर मतदान गर्नुपर्ने बताउँदै लोकतन्त्र दिगो नभएको कारण निर्वाचनमा पैसाको खोलो बगाउनुपर्ने अवस्था सिर्जना भएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.