बारा ३ मा एमालेको ‘क्लिन स्वीप’, समिर प्रदेशसभामा निर्वाचित
सिमरा : बारा क्षेत्र नं. ३ नेकपा एमालेले क्लिन स्वीप पारेको छ। प्रदेशसभा ३(२) मा महम्मद समिर निर्वाचित भएसँगै एमालेले यस क्षेत्र क्लिन स्वीप गरेको गरेको हो।
पछिल्लो मतपरिणाम अनुसार समिर ६८ मतान्तरले निर्वाचित भएका छन्। उनले जसपाका पारस प्रसाद साहलाई पराजित गरेका हुन्।
समिरले आठ हजार तीन सय २३ मत प्राप्त गर्दा साहले आठ हजार दुई ५५ मत पाएका छन्। समिर र साह दुवै निवर्तमान प्रदेशसभा सदस्य हुन्।
साह २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने समिर समानुपातिकको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
समिरको जितसँगै एमालेले बारा क्षेत्र नं. ३ क्लिन स्वीप पारेको छ। यस क्षेबाट प्रतिनिधि सभा सदस्यमा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह र ३(१) मा रविन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन्।
चारवटा निर्वाचन क्षेत्र चार प्रतिनिधिसभा र १२ प्रदेशभामा एमालेले ६ स्थानमा जित हात पारेको छ। बारा १ मा एमालेका अर्का पोलिटब्युरो सदस्य अच्युत मैनाली निर्वाचित भएका छन्।
प्रदेशसभा १(१) मा त्रिलोकी चौधरी, ३(१) रविन्द्रदास श्रेष्ठ र ४(१) मा देवनारायण चौधरी निर्वाचित भएका छन्।