निर्वाचित सांसद कति समावेशी ?
काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको जारी मत परिणामले समानुपातिक समावेशीताको अवस्था झन् कमजोर देखाएको छ। प्रतिनिधिसभातर्फ निर्वाचनको अन्तिम मत परिणाम आउन लाग्दा प्रत्यक्षतर्फ जम्मा एक जना मात्रै दलित समुदायबाट निर्वाचित भएका छन्।
समाचार तयार पर्दासम्म १ सय ५८ सिटको मत परिणाम आएको छ। प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्र छ। बाजुरा, दोलखा र स्याङजा २ को मतगणना भएको छैन। दोलखामा पुन : निर्वाचन गराउने आयोगको तयारी छ। सुनसरी–४ मा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नै मतगणना रोक्न लगाएका छन्।
प्रत्यक्षतर्फको करिब अन्तिम परिणाम आइसक्दा एक जना पनि मुस्लिम समुदायबाट निर्वाचित भएका छैनन्। निर्वाचनमा विजयी हुनेहरूमा अधिकांश खस, आर्य समुदायकै छन्। परिणाम आएका १ सय ५८ मध्ये ९२ जना खस–आर्य समुदायका छन्। कांग्रेसबाट ४०, एमालेबाट २४, माओवादी केन्द्रबाट ८, राप्रपाबाट ५, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ६, नेकपा एसबाट ७, जसपाबाट १ र लोसपाबाट १ जना खस–आर्य समुदायबाट निर्वाचित भएका छन्। यो तथ्यांकलाई हेर्दा ५८ प्रतिशत खस–आर्य नै निर्वाचित भएको देखिन्छ।
यो निर्वाचनमा प्रत्यक्षतर्फ ३८ जनजाति आदिवासी निर्वाचित भएका छन्। जसमा कांग्रेसबाट ८, एमालेबाट ११, माओवादी केन्द्रबाट ८ जनजाति आदिवासी निर्वाचित भएका छन्। यस्तै रास्वपाबाट १, नेकपा एसबाट ३, राप्रपाबाट २, जसपाबाट १, लोसपाबाट १ र नागरिक उन्मुक्तिबाट ३ जना पनि आदिवासी समुदायका व्यक्ति निर्वाचित भएका छन्। हालसम्मको मत परिणामअनुसार एक जना जनजाति स्वतन्त्रबाट निर्वाचित भएका छन्।
पछिल्लो मतपरिणामअनुसार २५ जना मधेसी समुदायका उम्मेदवार यो निर्वाचनमा निर्वाचित भएका छन्। जसमा कांग्रेसबाट ५, एमालेबाट ६, माओवादी केन्द्रबाट १, जसपाबाट ५, लोसपाबाट २ र स्वतन्त्रबाट ४ जना निर्वाचित भएका हुन्।
संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी गरेको छ। तर, प्रत्यक्षतर्फ जम्मा ८ जना मात्रै महिला निर्वाचित भएका छन्। दुई जना प्रतिस्पर्धामा छन्। कांग्रेसबाट १, एमालेबाट ३, माओवादी केन्द्रबाट १, रास्वपाबाट २ र नागरिक उन्मुक्ति पार्टीबाट एक जना महिला निर्वाचित भएका छन्।
- एक जना पनि मुस्लिम समुदायबाट निर्वाचित भएनन्।
- विजयी हुनेहरूमा अधिकांश खस, आर्य समुदायकै छन्।
- प्रत्यक्षतर्फ जम्मा ८ जना मात्रै महिला निर्वाचित।
यो निर्वाचनमा ७ जना थारु समुदायबाट निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। प्रतिनिधिसभातर्फ कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपाबाट १/१ जना थारु प्रतिनिधि निर्वाचित भएका छन्। नागरिक उन्मुक्तिबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन्। यता एमालेबाट एक जना पनि थारु उम्मेदवार निर्वाचित भएका छैनन्। प्रतिनिधिसभामा एमालेबाट जम्मा एक जना मात्रै दलित निर्वाचित भएका छन्। अन्य पार्टीबाट कोही पनि दलित समुदायबाट उठेका उम्मेदवार निर्वाचित भएका छैनन्। मुस्लिम र अल्पसंख्य एक जना पनि निर्वाचित भएका छैनन्। महिलालाई अन्य समूहमा समेत राखिएकाले दलले प्राप्त कुल सिट संख्या र समावेशीको तथ्यांक तलमाथि पर्छ।
कांग्रेस : नेपाली कांग्रेसको ५३ सिट जित्दा खस–आर्य समुदायका ४० जना छन्। ८ जना आदिवासी जनजाति निर्वाचित भएका छन्। ५ जना मधेसी र १ जना थारु निर्वाचित भएका छन्। कांग्रेसमा मुस्लिम, दलितको प्रतिनिधित्व निल भएको छ।
एमाले : ४२ सिट जितेको एमालेमा निर्वाचित हुने २४ जना खस, आर्य छन्। अन्य दलको तुलनामा एमालेबाट धेरै जनजाति समुदायका उम्मेदवारले जितेका छन्। हालसम्मको मत परिणामअनुसार ११ जना जनजाति प्रतिनिधिसभा सदस्य भएका छन्। त्यस्तै ६ मधेसी, १ दलित निर्वाचित भएका छन्। यो पार्टीबाट सबैभन्दा धेरै ३ जना महिला निर्वाचित भइरहेका छन्। सुनसरी ३ मा एमालकी भगवती चौधरीको अग्रता छ। उदयपुर १ मा मञ्जुकुमारी चौधरीले पच्छाइरहेकी छन्। एमालेबाट ११ जना महिलाले उम्मेदवारी दिएका थिए।
माओवादी केन्द्र : समावेशीता र समानुपातिक प्रणालीको सबैभन्दा बढी वकालत गर्ने माओवादी केन्द्रको अवस्था भने यस्तै देखिँदैन। हालसम्म प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ। जसमा आधा जति अर्थात् ८ जना खस, आर्यले जितेका छन्। ८ जना नै जनजाति आदिवासी प्रतिनिधिसभा सदस्य भएका छन्। प्रतिनिधिसभामा एक जना दलित उम्मेदवार उठाएकोमा त्यसमा पराजय भोग्नुपर्यो। यस्तै मुस्लिमको प्रतिनिधि पनि छैन। थारु, मधेसी र महिलामा १÷१ जना निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी : छोटो समयमा मतदाताको मन जितेको राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा चौथो शक्तिका रूपमा उदाएको छ। माओवादी केन्द्रको हाराहारीमा समानुपातिकतर्फ मत ल्याएको रास्वापा पनि खासै समावेशी देखिन्न। यो पार्टीले जम्मा ७ सिट जितेको छ। भर्खरै उदाएको पार्टीबाट २ जना महिला निर्वाचित भएका छन् भने १ जना जनजाति प्रतिनिधिसभाको सदस्य भएका छन्। रास्वपाबाट निर्वाचित ७ मध्ये ६ जना खस–आर्य नै छन्। यो पार्टीमा दलित, थारु, मधेसी समुदायका कोही निर्वाचित भएका छैनन्।
राप्रपा : यसपटकको निर्वाचनमा पाँचांै शक्तिका रूपमा राप्रपाको उदय भएको छ। अघिल्लो निर्वाचन १ सिट मात्रै जितेको राप्रपाले यसपटक ७ सिट जितेको छ। जसमा अध्यक्ष राजेन्द्र लिङदेनसहित २ जना जनजाति निर्वाचित भएका छन्। हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्ने यो पार्टीबाट ५ जना खस–आर्य नै निर्वाचित भएका छन्। मधेसी, दलित, महिला, थारुको प्रतिनिधि निल नै छ।
नेकपा एकीकृत समाजवादी : माधवकुमार नेपालले नेतृत्व गरेको यो पार्टीले प्रत्यक्षमा १० सिट जितेको छ। जसमा ३ जना जनजाति छन्, ७ खस, आर्य छन्। एकजना थारुको प्रतिनिधित्व छ। दलित, मुस्लिम, मधेसी एमालेबाट फुटेर बनेको यो पार्टीबाट एक जना पनि निर्वाचित भएनन्। उसलाई थ्रेस होल्ड कटाउन पनि हम्मेहम्मे परिरहेको छ।
जसपा : मधेस केन्द्रित यो दलबाट अधिकांश मधेसी समुदायकै उम्मेदवार निर्वाचित भएका छन्। जसपाले ६ सिट जितेको छ भने एकमा अग्रता लिएको छ। यो पार्टीबाट जम्मा १ जना मात्रै खर्सआय धनुषा १ बाट दीपक कार्की निर्वाचित भएका छन्। जनजाति समुदायबाट सुनसरी १ मा अशोककुमार राईले जितेका छन्।
लोसपा : लोसपाबाट जम्मा ४ जना निर्वाचित भएका छन्। जसमा एक खस–आर्य र एक जनजाति थारु निर्वाचित भएका छन्। २ जना मधेसी समुदायकै छन्। महिला र दलित समुदायबाट कोही परेका छैनन्।
नागरिक उन्मुक्ति पार्टी : यो निर्वाचनबाट उदाएको यस पार्टीले संसद्मा ३ सिट जितेका छ। रेशम चौधरीले नेतृत्व गरेको यो पार्टीबाट दुई जना थारु र एक जना जनजाति निर्वाचित भएका छन्। जसमा एक जना महिला पनि छन्।
जनमत पार्टी : सिके राउतले नेतृत्व गरेको यो पार्टीले यो पटक जबरजस्त प्रभाव परेको मतपरिणामले देखाउँछ। मधेसमा मसिहा भनेर चिनिने जसपाका अध्यक्ष उपेन्द्र यादव हराए राउत चम्किएका छन्। उनले भारी मतले यादवलाई हराएका छन्। प्रतिनिधिसभामा राउत आफैंले जितेका छन्।
नेमकिपा : भक्तपुर १ बाट प्रेम सुवाल निर्वाचित भएका छन्। उनी नेमकिपाबाट निर्वाचित हुने एक मात्र सांसद हुन्। यो पार्टीबाट अन्य समावेशीताको अन्य कुनै सभागिता छैन।
राष्ट्रिय जनमोर्चा : राष्ट्रिय जनमोर्चाबाट पनि यो निर्वाचनमा एक जना मात्रै निर्वाचित भएका छन्। त्यसमा पनि खस, आर्यबाट निर्वाचित भएका छन्। जनमोर्चाबाट निर्वाचित चित्रबहादुर केसी मात्रै निर्वाचित हुन्। प्युठानबाट लडेकी दुर्गा पौडेल भने पराजित भएकी छन्।
स्वतन्त्र : स्वतन्त्रमा जितेका ५ जनामध्ये सबै मधेसी र थारु समुदायका छन्। मोरङ–५ बाट योगेन्द्र मण्डल, रौतहट ३ बाट प्रभु साह, रौतहट २ बाट किरण साह, सर्लाही ४ बाट अमरेशकुमार सिंह र बर्दिया २ बाट लालविर चौधरीले जितेका छन्। लालवीर रेशम चौधरीका बुवा हुन्।
कांग्रेस
खसआर्य
१. प्रदीप पौडेल
२. विष्णुकुमार कार्की
३. वीरबहादुर बलायर
४. मोहनबहादुर बस्नेत
५. डिल्लीराज पन्त
६. श्यामकुमार घिमिरे
७. दीपक गिरी
८. दिलेन्द्रप्रसाद बडू
९. चन्द्रकान्त भण्डारी
१०. मोहन आचार्य
११. एनपी साउद
१२. किशोरसिंह राठौर
१३. रामनाथ अधिकारी
१४. रमेश लेखक
१५. सञ्जयकुमार गौतम
१६. देवप्रसाद तिम्लिसेना
१७. अर्जुननरसिंह केसी
१८. राजेन्द्र बजगार्इं
१९. दीपक खड्का
२०. रामहरि खतिवडा
२१. दुर्लभ थापा क्षेत्री
२२. ऐनबहादुर शाही ठकुरी
२३.राजेन्द्रकुमार केसी
२४. उदयशमशेर जबरा
२५. दिक्पालकुमारी शाही
२६. हृदयराम थानी
२७. सुनीलकुमार शर्मा
२८. सन्तोष चालिसे
२९. शंकर भण्डारी
३०. सुरेन्द्रराज आचार्य
३१. राजु थापा
३२. पुष्पबहादुर शाह
३३. रमेश रिजाल
३४. शशांक कोइराला
३५. डा. शेखर कोइराला
३६. विश्वप्रकाश शर्मा
३७. शेरबहादुर देउवा
३८. पूर्णबहादुर खड्का
३९. रामचन्द्र पौडेल
४०. गगनकुमार थापा
जनजाति
१. पूर्णबहादुर तामाङ (कान्छाराम)
२. योगेश गौचन थकाली
३. खमबहादुर गुर्बजा
४. टेकबहादुर गुरुङ
५. डिकबहादुर लिम्बु
६. तेजुलाल चौधरी
७. प्रकाशमान सिंह
८. सीता गुरुङ
मधेशी सांसद
१. महेन्द्रकुमार राय
२. अजयकुमार चौरसिया
३. दिनेशकुमार यादव
४. विनोदकुमार चौधरी
५. रामकृष्ण यादव
थारु
१. तेजुलाल चौधरी
महिला
१. सीता गुरुङ
एमाले
खर्सआर्य
१. सूर्यबहादुर थापा क्षेत्री
२. महेश बस्नेत
३. हरिप्रसाद उप्रेती
४. पदम गिरी
५. भीमप्रसाद आचार्य
६. दामोदर भण्डारी
७. महेशकुमार बर्तौला
८. सूर्यप्रसाद ढकाल
९. देवराज घिमिरे
१०. गोकर्ण विष्ट
११. नारायणप्रसाद आचार्य
१२. ठाकुरप्रसाद गैरे
१३. टोपबहादुर रायमाझी
१४. अच्यूतप्रसाद मैनाली
१५. अम्बरबहादुर रायामाझी
१६. विद्या भट्टराई
१७. दामोर पौडेल वैरागी
१८. बासुदेव घिमिरे
१९. ऋषिकेश पोखरेल
२०. बलराम अधिकारी
२१. गोकुलप्रसाद बाँस्कोटा
२२. योगेशकुमार भट्टराई
२३. केपी शर्मा ओली
२४. विष्णुप्रसाद पौडेल
जनजाति
१. बसन्तकुमार नेम्वाङ
२. लीलानाथ श्रेष्ठ
३. तारामान लामा तामाङ
४. कृष्णगोपाल श्रेष्ठ
५. लालप्रसाद साँवा(एसबी)
६. मानवीर राई
७. मनबहादुर गुरुङ
८. राजेन्द्रकुमार राई
९. प्रेमबहादुर महर्जन
१०. सुवासचन्द्र नेम्बाङ
११. पृथ्वीसुब्बा गुरुङ
मधेशी
१. ज्वालाकुमारी साह
२. लक्ष्मी महतो (कोइरी)
३. राजकुमार गुप्ता
४. मंगलप्रसाद गुप्ता
५. रामशंकर यादव
६. जुलिकुमारी महतोे
दलित
१. छविलाल विश्वकर्मा
महिला
१. जुलिकुमारी महतो
२. ज्वालाकुमारी साह
३. विद्या भट्टराई
माओवादी केन्द्र
खसआर्य
१. माधव सापकोटा
२. देवेन्द्र पौडेल
३. लेखनाथ दाहाल
४. महेन्द्रबहादुर शाही
५. रेशा शर्मा
६. पुष्पकमल दाहाल ‘प्रचण्ड’
७. शक्ति बस्नेत
८. जनार्दन शर्मा
जनजाति
१. पूर्णबहादुर घर्तीमगर
२. हितमान तामाङ
३. राजकुमार राई
४. सुदन किराती
५. छिरिङ डम्डुम लामा
(भोटे) कार्चेन
६. सूर्यमान तामाङ (दोङ)
७. अमनलाल मोदी
८. वर्षमान पुन
थारु
१. अमनलाल मोदी
मधेशी
१. महिन्द्रराय यादव
महिला
१. रेखा शर्मा
राष्ट्रिय स्वतन्त्र पार्टी
खसआर्य
१. शिशिर खनाल
२. हरि ढकाल
३. गणेश पराजुली
४. रवि लामिछाने
५. सोविता गौतम
६. तोसिमा कार्की
जनजाति
१. विराजभक्त श्रेष्ठ
महिला
१. सोविता गौतम
२. तोसिमा कार्की
राप्रपा
खसआर्य
१. दीपकबहादुर सिंह
२. धवलशमशेर जबरा
३. विक्रम पाण्डे
४. दीपक बोहरा
५. ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)
जनजाति
१. राजेन्द्र लिङदेन
२. ध्रुवबहादुर प्रधान
नेकपा एस
खसआर्य
१. राजेन्द्रप्रसाद पाण्डे
२. प्रकाश ज्वाला
३. धनबहादुर बुढा
४. अम्मरबहादुर थापा
५. शेरबहादुर कुँवर
६. भानुभक्त जोशी
७. माधवकुमार नेपाल
जनजाति
१. मेटमणि चौधरी
२. कृष्णकुमार श्रेष्ठ(किसान)
३. प्रेमबहादुर आले
थारु
१. मेटमणि चौधरी
जसपा
खसआर्य
१. दीपक कार्की
जनजाति
१. अशोककुमार राई
मधेशी
१. राजकिशोर यादव
२. वीरेन्द्रप्रसाद महतो
३. रामसहायप्रसाद यादव
४. नवलकिशोर साह सुुडी
५. प्रदीप यादव
लोसपा
खसआर्य
१. शरदसिंह भण्डारी
मधेशी
१. सर्वेन्द्रनाथ शुक्ल
३. महन्थ ठाकुर
जनजाति
१. रामप्रकाश चौधरी
थारु
१. रामप्रकाश चौधरी
नागरिक उन्मुक्ति पार्टी
जनजाति
१. अरुणकुमार चौधरी
२. गंगाराम चौधरी
३. रन्जिता श्रेष्ठ
थारु
१. अरुणकुमार चौधरी
२. गंगाराम चौधरी
जनमत पार्टी
१. सिके राउत
नेमकिपा
१. प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा
१. चित्रबहादुर केसी
स्वतन्त्र
थारु
१. लालवीर चौधरी
मधेशी
१. योगेन्द्र मण्डल
२. अमरेशकुमार सिंह
३. किरणकुमार साह
४. प्रभु साह