बालेनविरुद्ध चर्को नाराबाजी

बालेनविरुद्ध चर्को नाराबाजी

काठमाडौं : थापाथलीस्थित सु्कुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि पीडितहरु आन्दोलित भएका छन्।

वैकल्पिक व्यवस्थापनविना हटाउन थालेपछि पीडित सुकुमबासीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले आफूलाई उठिबास लगाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन्।

बिहान काठमाडौं महानगरपालिका घेर्न गएका सुकुमबासीहरुले मेयर शाहविरुद्ध चर्को नाराबाजी गर्दै उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गरे।

प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा देउ, उचित विकल्पसहित व्‍यवस्थापन गर,बसोबासको आधारमा लालपुर्जा वितरण गर,उठिबास बन्द गर,डोजर आतंक बन्द गर जस्ता नारा लगाएर प्रदर्शनमा उत्रिए।

सोमबार पनि सो क्षेत्र दिनभरजसो तनावग्रस्त रह‍यो। सोमबार बस्ती हटाउन गएको महानगरको टोलीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित १८ प्रहरी घाइते भएका थिए।

घरेलु हतियारसहित लिएर उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले गृहमन्त्री बालकृष्ण खाँड र मेयर बालेनविरुद्ध नाराबाजी गरेका थिए।

यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ भित्र नदी किनाराका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो। सोहीअनुसार  बस्ती खाली गर्न महानगरको टोली सोमबार त्यहाँ गएपछि स्थिति तनावग्रस्त बनेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.