सुदूरपश्चिममा कस्तो बन्ला सरकार ?

सुदूरपश्चिममा कस्तो बन्ला सरकार ?

धनगढी : समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा रहेका बेला सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दौडधुप सुरु हुन थालेको छ । पहिलो दल भएको नेपाली कांग्रेसमा मुख्यमन्त्रीका चारजना दाबेदार देखिएका छन् भने नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्रीको दाबीका लागि तयारी गरिरहेको छ । 

सुदूरपश्चिममा प्रत्यक्षतर्फ मतगणना भएका ३० सिटमा नेपाली कांग्रेसले ११ सिटमा जित निकालेपछि ऊ प्रदेशका लागि सबैभन्दा ठूलो दल हुने निश्चित भएको छ । सुदूरपश्चिममा बाजुराका २ क्षेत्र बाहेक प्रदेशमा प्रत्यक्षतर्फका ३० वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । ३० क्षेत्रको मतपरिणामअनुसार नेपाली कांग्रेस ११, नेकपा माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादी २ र स्वतन्त्र १ सिटमा जितेको छ । 

८ लाख मत खसेको भए समानुपातिकतर्फको एक सदस्यका लागि ३८ देखि ४० हजार मत आवश्यक पर्नेछ । कांग्रेसले पाइरहेको मतका आधारमा उसले ७ वा ८ सिट समानुपातिकका पाउने सम्भावना छ । ११  प्रत्यक्ष जितेको कांग्रेस समानुपातिक गरी १८ वा १९ सिट हुने अनुमान गरिएको छ । यस्तै नेकपा एमाले समानुपातिकतर्फ प्रदेशमा कांग्रेसभन्दा अगाडि छ । 

सुदूरपश्चिममा प्रत्यक्षतर्फ ३२ र २१ समानुपातिक गरी ५३ सदस्यीय प्रदेश सभा हो । प्रत्यक्षतर्फ बाजुरा बाहेकका सबै ३० सिटको मतपरिणाम सार्वजनिक भइसकेको छ । बाजुराको एउटा ठाउँमा शनिबार मात्रै मतदान भएको छ । त्यहाँ अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यापछि सदरमुकाम मार्तडी तनावग्रस्त छ । त्यसैले बाजुराको मतगणनाको अझै टुंगो लागेको छैन ।

बाजुरा बाहेका प्रदेशका अरु जिल्लामा समानुपातिकको मतगणना जारी छ । समानुपातिकतर्फ पनि बझाङ, दार्चुला र अछामको मतगणना सकिएको छ भने अरु जिल्लामा एक-दुई दिनमै मतगणना सकिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा झण्डै १६ लाख मतदाता छन् । निर्वाचन आयोगले अनुमान गरेअनुसार ५० प्रतिशत मत समानुपातिकमा खसेको हुनुपर्छ । अथवा सुदूरपश्चिममा ८ लाख समानुपातिक मत खसेको अनुमान निर्वाचन आयोगको छ ।

प्रत्यक्षतर्फ ३ सिट जितेको एमाले १० वा ११ सांसद पाउने देखिएको छ । नेकपा माओवादी केन्द्रको समानुपातिकको मत कांग्रेसभन्दा पनि कम छ । अहिले उसले पाइरहेको मतका आधारमा ३ देखि ४ सांसद उसले समानुपातिकबाट पाउने देखिन्छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २ सिट जितेको छ भने उसले प्रदेशको थ्रेसहोल्ड (१.५ प्रतिशत) कटाएपछि  समानुपातिकमा १ सिट पाउने अनुमान लगाउन  थालिएको  छ।

८ लाख मत खसेको भए समानुपातिकतर्फको एक सदस्यका लागि ३८ देखि ४० हजार मत आवश्यक पर्नेछ । कांग्रेसले पाइरहेको मतका आधारमा उसले ७ वा ८ सिट समानुपातिकका पाउने सम्भावना छ । ११  प्रत्यक्ष जितेको कांग्रेस समानुपातिक गरी १८ वा १९ सिट हुने अनुमान गरिएको छ । यस्तै नेकपा एमाले समानुपातिकतर्फ प्रदेशमा कांग्रेसभन्दा अगाडि छ । 

यसले पनि ७ वा ८ सिट समानुपातिक पाउने अनुमान गरिएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेको एमाले १० वा ११ सांसद पाउने देखिएको छ । नेकपा माओवादी केन्द्रको समानुपातिकको मत कांग्रेसभन्दा पनि कम छ । अहिले उसले पाइरहेको मतका आधारमा ३ देखि ४ सांसद उसले समानुपातिकबाट पाउने देखिन्छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २ सिट जितेको छ भने उसले प्रदेशको थ्रेसहोल्ड (१.५ प्रतिशत) कटाएपछि  समानुपातिकमा १ सिट पाउने अनुमान लगाउन  थालिएको  छ।

गठबन्धनका एकजना नेता भन्छन्, ‘संघको गठबन्धनका आधारमा प्रदेशमा पनि सरकार बन्छ, बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्यो र बहुमत पुग्यो भनेपनि नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा सहभागी गराइनेछ ।’

यसरी सिटहरुको विभाजन गर्दा सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै पनि सरकार बनाउन सक्ने देखिन्छ । प्रदेशमा बहुमतका लागि २७ सिटको आवश्यकता पर्छ । कांग्रेसका कम्तीमा पनि १९ र नेकपा माओवादी केन्द्रका कम्तीमा पनि ११ सिट जोड्ने हो भने ३० सिट पुग्छ । तर, गठबन्धनका एकजना नेता भन्छन्, ‘संघको गठबन्धनका आधारमा प्रदेशमा पनि सरकार बन्छ, बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्यो र बहुमत पुग्यो भनेपनि नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा सहभागी गराइनेछ ।’

अहिलेको सत्ता गठबन्धन टुटेन भने तेस्रो ठूलो पार्टी नेकपा एमाले र चौथो ठूलो नागरिक उन्मुक्तिसहितका दलहरुले सरकार बनाउने सम्भावना देखिदैन । तर केन्द्रमा बामपन्थीहरुको सरकार बन्ने भयो भने प्रदेशमा पनि कांग्रेसलाई बाहिर राखेर अर्को समीकरण बन्न सक्ने सम्भावना भने नकार्न सकिदैन  ।

तर, प्रधानमन्त्री देउवा र प्रचण्डको भेटवार्ता, गृहमन्त्री बालकृष्ण खाँडको आइतबारको अभिव्यक्तिलाई आधार मान्ने को भने संघीय सरकारका लागि सत्ता गठबन्धन टुटने 
अनुमान गर्न कठिन छ । 

मुख्यमन्त्रीमा दौडधुप

सत्ता गठबन्धनकै समीकरण बनेपनि मुख्यमन्त्रीका लागि भने सकस पर्ने देखिएको छ। प्रदेशको ठूलो दल नेपाली कांग्रेसमा चारजना मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभामा जितेका दिवानसिंह विष्ट मुख्यमन्त्रीका प्रवल दाबेदार छन् ।

उनी २०७० सालको निर्वाचनमा संविधान सभा सदस्य निर्वाचित भएका थिए । यसपाली सत्ता गठबन्धनले बीना मगरलाई संघमा उठाएर, उनलाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेशमा टिकट दिइएको थियो ।

'पार्टीले चुनाव लडनुभन्दा अघि नै मुख्यमन्त्रीको उमेदवार भनेको हो,' विष्टले भने । ‘मुख्यमन्त्रीको पहिलो हकदार म नै हो, 'तर नेपाली कांग्रेसका नेता एनपी साउदले भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर (२) बाट चुनाव जितेका बहादुरसिंह थापालाई मुख्यमन्त्रीको आश्वासन दिएका छन् । चुनावी प्रचारकै क्रममा साउदले थापालाई मुख्यमन्त्री बनाउने भन्दै भोट मागेको भिडियो नै भाइरल भएको थियो । 

कांग्रेसभित्रै मुख्यमन्त्रीका लागि युवा नेता प्रकाश देउवाको नाम पनि चर्चामा आएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट चुनाव जितेका उनी पार्टी सभापति देउवा परिवार भित्रका व्यक्ति हुन् । आरजु देउवाका स्वकीय सचिव भइसकेका युवा नेता देउवा चुनाव जिते लगत्तै काठमाडौं गएका छन् । धेरै उम्मेदवारहरु चुनाव जितेपछि, मतदातालाई धन्यवाद दिन गाउँगाउँ गएका बेला देउवा काठमाडौं गएपछि उनी पनि मुख्यमन्त्रीको दौडधुपमा लागेको चर्चा चल्न थालेको छ । 

यता कैलालीको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाली कांग्रेसका कमल शाह पनि मुख्यमन्त्रीका दाबेदार छन् । शुक्रबार उनले जितेकै दिन आफू मुख्यममन्त्रीको प्रवल दाबेदार रहेको बताएका थिए । कांग्रेसभित्रका भलादमी नेताको परिचय बनाएका शाहले आफू मुख्यमन्त्रीको प्रवल दाबेदार रहेको बताए ।

कांग्रेसभित्रै मुख्यमन्त्रीका लागि युवा नेता प्रकाश देउवाको नाम पनि चर्चामा आएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट चुनाव जितेका उनी पार्टी सभापति देउवा परिवार भित्रका व्यक्ति हुन् । आरजु देउवाका स्वकीय सचिव भइसकेका युवा नेता देउवा चुनाव जिते लगत्तै काठमाडौं गएका छन् । धेरै उम्मेदवारहरु चुनाव जितेपछि, मतदातालाई धन्यवाद दिन गाउँगाउँ गएका बेला देउवा काठमाडौं गएपछि उनी पनि मुख्यमन्त्रीको दौडधुपमा लागेको चर्चा चल्न थालेको छ । 

यो क्षेत्र (कैलाली ५) आरजु देउवाले आफ्नो चुनावी क्षेत्रका रुपमा लिएकी छन् । कांग्रेस भित्रकै किचलोका कारण यसपाली अनुकूल नदेखेपछि उनी समानुपातिकमा गएकी थिइन् । स्रोत भन्छ, ‘मुख्यमन्त्रीका लागि आरजुको प्रयास प्रकाश देउवाका लागि हुनसक्छ ।’ प्रकाश आरजुका आफ्नै भतिजा हुन् । धनगढीबाटै जितेका प्रकाश मुख्यमन्त्री भएपछि, यसपछिका चुनावमा पनि यो क्षेत्र कांग्रेसका लागि सहज हुनसक्छ । 

तर, प्रकाश देउवाले धनगढीमा हल्ला जे चलेपनि आफू नितान्त व्यक्तिगत कामले काठमाडौं आएको बताए । समानुपातिकको मतगणना सकिने वित्तिकै मतदाता माझ धन्यवादका लागि जाने उनी बताउँछन् । ‘म मुख्यमन्त्रीको दाबेदार हो पनि भन्दैन, होइन पनि भन्दैन । त्यसका लागि निश्चित प्रकृया छ । पहिला त संसदीय दलको नेता चुनिनुपर्छ, समानुपातिकको नतिजा आओस् अनी संसदीय दलमा लडने/नलडने टुंगो लाग्छ,' उनले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको प्रचारका बेला डडेल्धुरामा गएर नेकपा माओवादी केन्द्रका खगराज भट्ट आगामी मुख्यमन्त्री हुने भाषण नै गरेका थिए । उनले, खगराज गठबन्धनका तर्फबाट सुदूरपश्चिमका लागि मुख्यमन्त्रीका उम्मेदवार पनि रहेका र भोट दिएर जिताउन अपिल समेत गरेका थिए।

‘म मुख्यमन्त्री नै हुनुपर्छ भनेर मरिहत्ते गर्ने मान्छे होइन ।’सुदूरपश्चिमा प्रदेशतर्फ जितेका ११ जना प्रदेशसभा सदस्यहरु अधिकांश पार्टी सभापति देउवा निकटका छन् । ‘पार्टी सभापति देउवाले जसलाई ‘ग्रीन सिग्नल’दियो त्यो व्यक्ति संसदीय दलको नेता बन्न सक्छ,' कांग्रेसका एक नेताले भने ,'प्रकाश देउवालाई सभापतिको ‘ग्रीन सिग्नल’पाइन सक्छ ।’

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको प्रचारका बेला डडेल्धुरामा गएर नेकपा माओवादी केन्द्रका खगराज भट्ट आगामी मुख्यमन्त्री हुने भाषण नै गरेका थिए । उनले, खगराज गठबन्धनका तर्फबाट सुदूरपश्चिमका लागि मुख्यमन्त्रीका उम्मेदवार पनि रहेका र भोट दिएर जिताउन अपिल समेत गरेका थिए। ‘पार्टीमा अहिले नै निर्णय भएको छैन, सुदूरपश्चिम माओवादीको भागमा पर्‍यो भने मुख्यमन्त्री म नै हो,' खगराज भट्टले भने, ‘पहिला संघीय सरकारको समीकरण बनोस्, अनी मात्रै प्रदेश सरकारको कुरा हुन्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.