मुस्ताङमा नवजात शिशुको शव फेला
जोमसोम : मुस्ताङमा नवजात शिशुको शव फेला परेको छ।
जिल्ला अदालत मुस्ताङको पछाडि पट्टीको क्षेत्रमा करिव २ हप्ता पुगिसकेको जस्तो देखिने शिशुको शव सोमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित जिल्ला अदालत पछाडि शिशुको शव फेला परेको सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए।
यसबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तामाङले बताए। पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल जोमसोममा राखिएको छ।