निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीले प्रदेश र जिल्लाबाट प्रतिवेदन मगायो
काठमाडौं: नेकपा एकीकृत समाजवादीले निर्वाचनमा सहभागी मतदातालाई धन्यवाद दिएको छ ।
पार्टीको मंगलबारको केन्द्रीय सचिवालयको बैठकले मतदाता, बाम लोकतान्त्रिक गठबन्धनमा सहभागी दल र निर्वाचनमा खटिएका सबै कर्मचारी तथा दलका नेता कार्यकर्तालाई धन्यवाद दिएको छ ।
बैठकपछि विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव डा. बेदुराम भुसालले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै पार्टीले निर्वाचनको समीक्षा गर्न प्रदेश र जिल्ला कमिटीबाट प्रतिवेदन मगाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस !