मकवानपुरमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो

मकवानपुरमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो

हेटौंडा : मकवानपुरमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्रमशः दोस्रो र तेस्रो दल बनेको हो।

समानुपातिकतर्फ एमालेले मकवानपुर-१ बाट २२ हजार ६११ र मकवानपुर-२ बाट २८ हजार १९६ गरी कूल ५० हजार ८०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। 

उनका अनुसार कांग्रेसले दुवै क्षेत्रमा गरी कूल ३६ हजार २६४ मत पाउँदा रास्वपाले २९ हजार ८८९ मत पाएको छ। २०७४ को निर्वाचनमा जिल्लामा तेस्रो दलका रूपमा रहेको नेकपा माओवादी केन्द्र भने चौथो स्थानमा पुगेको छ। उसले २६ हजार १३३ मत प्राप्त गरेको हो। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६ हजार ७७१ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले ३ हजार ८२७ र कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने ५३६ मत मात्रै प्राप्त गरेको हो। 

कूल १ लाख ७० हजार १६६ मत खसेकोमा ७ हजार ६९९ मत बदर भएको छ। मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ ३१ हजारभन्दा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए। 

मकवानपुरमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर- २ मा निर्वाचित नेकपा एमालेका महेश बर्तौलाले ३४ हजार ९५०, २ (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले १९ हजार ९०९ र २ (२) मा निर्वाचित नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले १८ हजार ९४४ मत पाएका थिए। 

त्यस्तै क्षेत्र नम्बर-१ मा निर्वाचित राप्रपाका दिपकबहादुर सिंहले २७ हजार ८५१,  १(१) मा मा निर्वाचित माओवादी केन्द्रका प्रेमबहादुर पुलामीले १९ हजार ७३३ र १ (२) मा निर्वाचित नेकपा एमालेका श्रेष्ठले १४ हजार २४७ मत पाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.