उदयपुरमा समानुपातिकतर्फ एमाले पहिलो दल

उदयपुरमा समानुपातिकतर्फ एमाले पहिलो दल

उदयपुर :  जिल्लामा ५ वटा सिट गुमाएको नेकपा एमाले समानुपातिकतर्फ अब्बल देखिएको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार गरी ६ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा दर्ज भएको हो । 

सत्तारुढ गठबन्धनसँग चुनावी मैदानमा होमिएको एमालेले प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं २ मा अम्बरबहादुर रायामाझीले मात्र प्रत्यक्षमा विजयको झण्डा फहराएका छन् । बाँकी ५ वटा क्षेत्रमा लोकतान्त्रिक–वामगठबन्धन समूहले नै जित निकालेको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आउँदा जिल्लाभरबाट एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा ३७ हजार ६९९ मत पाएको छ । जसमा क्षेत्र नं. १ बाट २३ हजार ८३६ र क्षेत्रनं. २ बाट १३ हजार ८६३ मत पाएको हो ।

प्रदेशसभातर्फ एमालेले ३९ हजार ७५४ मत प्राप्त गरेको छ । जसमा २५ हजार ७५ मत क्षेत्र नं. १ बाट र १४ हजार ६७९ मत क्षेत्र नं. २ बाट प्राप्त भएको हो । त्यसैगरी कांग्रेसले प्रतिनिधिसभातर्फ २९ हजार ९९४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ को १९ हजार ४७९ र क्षेत्रनं. २ बाट १० हजार ५१५ मत प्राप्त भएको हो ।

कांग्रेसले प्रदेशसभामा ३० हजार १४५ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट १९ हजार ५४७ र क्षेत्र नं. २ बाट १० हजार ५९८ मत प्राप्त गरेको हो । एमाले र कांग्रेसपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थान पाएको छ । माओवादीले १७ हजार १४५ मत प्रतिनिधिसभामा प्राप्त गरेको छ । 

जसमा क्षेत्रनं. १ बाट ९ हजार ७३९ र क्षेत्र नं. २ बाट ७ हजार ४०६ मत प्राप्त गरेको हो । माओवादीले प्रदेशसभामा क्षेत्र नं. १ बाट ८ हजार १७१ र क्षेत्र नं. २ बाट ७ हजार ३२६ मतसहित कुल १५ हजार ४९७ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभातर्फ चौथो स्थानमा पुराना पार्टीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुगेको छ । उक्त पार्टीले ११ हजार १४३ मत प्राप्त गरेको छ । त्यसैगरी पाँचौमा राप्रपा, छैठौंमा नेकपा एकीकृत समाजवादीले स्थान ओगटेका छन् । 

मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेसभन्दा एमालेको ७ हजार ७०५ मत बढि रहेको छ । त्यसैगरी प्रदेशतर्फ ९ हजार ६०९ मत एमालेको कांग्रेसभन्दा बढि छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.