उदपुरका निर्वाचित प्रतिनिधिले भने- प्रतिबद्धता अनुसारको काम गर्छौं

उदपुरका निर्वाचित प्रतिनिधिले भने- प्रतिबद्धता अनुसारको काम गर्छौं

उदयपुर: उदयपुरका निर्वाचित जनप्रतिनिधिले जनतासँग गरेको प्रतिबद्धता अनुसारका काम गर्ने बताएका छन् । 

विजयी उम्मेदवारले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै आफूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्य गरी ६ निर्वाचन क्षेत्र रहेको उदयपुरका सबै सदस्यलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको छ । 

उदयपुर क्षेत्र नं १ को मतगणना स्थल त्रियुगा नमूना माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुबेदीले विजयी प्रतिनिधि सभा सदस्य डाक्टर नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँती र हिमाल कार्कीलाई प्रमाणपत्र दिएका हुन् ।

 
त्यसैगरी क्षेत्र नं २ तर्फ निर्वाचन अधिकृतको कार्यालय रहेको उदयपुर उद्योग वाणिज्य संघको परिषरमा निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले विजयी प्रतिनिधि सभा सदस्य अम्वरबहादुर रायमाझी, प्रदेश सभा सदस्य नारायणबहादुर वुर्जामगर र रामकुमार खत्रीलाई प्रमाणपत्र दिएका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.