भक्तपुरमा १५ उम्मेदवारको मत १०० भन्दा कम
भक्तपुर: भक्तपुरका दुई निर्वाचन क्षेत्रमा १५ जना उम्मेदवारले आफनो मत एक सयसम्म पनि पुर्याउन सकेनन् । भक्तपुर क्षेत्र-२ मा सबैभन्दा बढी १३ जना र भक्तपुर- १ मा तीन जना उम्मेदवारले १०० मत कटाउन नसकेका हुन् ।
भक्तपुर- १ नेपाल मजदुर किसान पार्टीको जित निश्चित क्षेत्र मानिएकाले कम मात्रै उम्मेदवार मैदानमा उत्रेका थिए । तर भक्तपुर-२ मा अनिश्चित क्षेत्र भएकोले क्षेत्र नम्बर १ को तुलनामा दोब्बर उम्मेदवार निर्वाचनमा होमिएका थिए ।
यो निर्वाचन क्षेत्रमा चुनाव चिह्न पुतलीको चार, पानीको जारको ६ र त्रिभुजको ९ मत आएको छ ।
हेलमेट र टी-टेबल चिह्नले १६/१६ मत ल्याएका छन् । खुकुरीको मत १८ छ । त्यस्तै नेपलिज पिपल्स पार्टीको २४, राष्टिय जनमुक्ति पार्टीको ३०, आमुल परिवर्तन मसिहा पार्टी नेपालको ५७, चुनाव चिह्न डोजरको ८२ मत छ ।
भक्तपुर-१ मा तीन स्वतन्त्रसहित १४ दल प्रतिस्पर्धी थिए । त्यसमा तीन जना स्वतन्त्रले १०० भन्दा कम मत ल्याएका छन् ।
नरिवल चुनाव चिह्नमा ३५, माछामा ७५ र हेलमेटमा ७८ मत आएको छ ।
भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल र भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् ।