स्याङ्जा-२ मा धनराज गुरुङ १३२७ मतले अघि, पछ्याउँदै पद्मा अर्याल
स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्।
गुरुङ आफ्ना प्रतिस्पर्धीभन्दा १३२७ मतले अघि छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ५३१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्मा अर्यालले ३९८७ मत प्राप्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १३८४ मतसहित तेस्रो स्थानमा छन्।
यस्तै प्रदेशसभामा पनि नेपाली कांग्रेस अगाडि छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ४०९५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ३५१० मत पाएका छन्।
उनीहरुबीच ५९४ मतको अन्तर छ। मतगणना जारी छ।