‘अब बस्नुपर्दैन’ धुलाम्य चिसो भुइँमा

‘अब बस्नुपर्दैन’ धुलाम्य चिसो भुइँमा

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका–२ की जानकी थापा कक्षा १ मा पढ्छिन्। गाउँकै जनता आधारभूत विद्यालयकी छात्रा उनी कहिले खुला चौर त, कहिले चिसो र धुलाम्य भुइँमा बसेर पढ्न बाध्य थिइन्। ठिहि¥याउने चिसोमा पनि भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। यही कारण उनी विद्यालय नियमित आउँदैन थिइन्। यही विद्यालयको बाल विकासमा अध्ययनरत सन्देश थापा फोहोर र अव्यवस्थित कोठामा बसेर पढ्न बाध्य थिए।

अब भने उनीहरूलाई चिसो र धुलाम्य भुइँमा बसेर पढ्नुपर्ने बाध्यता अन्त्य भएको छ। उनीहरूजस्तै यहाँका बाल विकास, कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिकाहरू सफा र चिटिक्क परेको कक्षा कोठामा बसेर पढ्न पाइरहेका छन्। गाउँपालिकाका २१ वटा विद्यालयलाई पिफर्म र जुट कार्पेट र बालमैत्री टेबल सहयोग भएको छ। जसका कारण बालबालिकाको बसाइँ व्यवस्थापनसँगै पठनपाठनमा सहज भएको छ। चिसो भुइँमा धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य, बालबालिकाको विद्यालय नियमिततामा वृद्धि तथा सिकाइ गुणस्तरसँगै प्रभावकारी बनाउन सामग्रीहरू सहयोग गरिएको हो।

मालिका मावि पाँचलाका शिक्षिका बिमाकुमारी सिजापति रोकायले बालबालिकाहरूले बालबालिकाको बसाइँ व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग पाएपछि कक्षा कोठाको मुहार नै फेरिएको बताइन्। ‘बालबालिकाहरू चिसो भुइँमा धुलोमा बसेर पढ्न बाध्य थिए। अब त्यो समस्या हटेर गएको छ,’ उनले भनिन्। बसाइँ व्यवस्थापनपछि बालबालिकाहरूको विद्यालय नियमिततामा वृद्धि भएको उनको भनाइ छ। विद्यालयका प्रधानाध्यापक धीरबहादुर शाहीले बाल विकास, कक्षा १ र २ को कक्षा कोठा व्यवस्थापनका लागि पाएको सहयोगले शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याएको बताए। 

कार्पेट, पिफर्म तथा उमेरअनुसारका बालमैत्री टेबलहरूले बालबालिकाको बसाइ र अध्ययनका लागि सहज भएको शाहीले बताए। एईआएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन (सहकार्य) परियोजनाले बालबालिकाको बसाइँ व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट, टेबल तथा शैक्षिक सामग्री सहयोग गरेको छ। यसबाहेक विद्यालयका शिक्षकहरूलाई क्षमता अभिवृद्धिसमेत गरिएको परियोजना संयोजक जीवराज रेग्मीले बताए। 

‘हामीले ठाटीकाँध गाउँपालिकाका ३९ वटा सामुदायिक विद्यालयमध्ये २१ वटामा कार्पेट, पिफर्म, टेबलसहित शैक्षिक सामग्री उपलब्ध गराएका छौं,’ उनले भने ‘पाँच वटा विद्यालय मर्मतसहित रंगरोगन गरिसकेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.