स्याङजा-२ मा धनराजसँग पद्माले मतान्तर घटाउँदै

स्याङजा-२ मा धनराजसँग पद्माले मतान्तर घटाउँदै

स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। तर ४२ हजार २०२ मत गणना हुँदा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले मतान्तर केही घटाएकी छिन्। 

पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार कांग्रेसका गुरुङले १७ हजार २२१ मतसहित अग्रस्थान लिएका छन्।

उनका प्रतिस्पर्धी  एमालेकी अर्यालले १५ हजार ९०८ मत प्राप्त गरी गुरुङलाई पछ्याइरहेकी छन्।

यी दुईबीचको मतान्तर १३१३ रहेको  छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६३३७ मत प्राप्त गरेका छन्। 

कालीगण्डकीको मतगणना सकिएको छ। 

यस्तै प्रदेश (ख) मा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिइरहेका छन्। उनले ५५०४ मत प्राप्त गरेका  छन्।

कांग्रेस उम्मेदवार महेश भट्टराईले ४४४० मत सहित उनलाई पछ्याइरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.