‘प्रधानमन्त्रीका लागि सहमतिको विन्दु हुँ’

‘प्रधानमन्त्रीका लागि सहमतिको विन्दु हुँ’

चितवन : नयाँ सरकार गठनको कसरत सुरु भएसँगै नेतृत्वको लागि नेताहरूले दाबी गरिहरेका छन्। यसै क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको लागी सबैको सहमतिको केन्द्र आफू भएको बताएका छन्। अहिलेको अवस्थामा देशले परीक्षण गर्न खोजेको नेताको रूपमा उनले आफूलाई प्रस्तुत गरेका छन्।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘अहिलेको परिस्थितिमा देशले एक पटक परीक्षण गर्नुपर्ने मान्छे म नै हुँ,’ उनले भने, ‘हाम्रो आपसी सल्लाह हुनै बाँकी छ। अहिलेसम्म हामी सबै स्वाभाविक उम्मेदवार हौं। हामी सल्लाह गरेर एक जना हुन्छौं, सम्भवतः सहमतिको विन्दु आफूलाई ठानेको छु।’ 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रस्तावलाई सहज रूपमा लिएको बताए। अनुभव र योगदानको आधारमा न्यायोचित रूपमा सहमति गर्ने उनले बताए। टिकट वितरण नमिलाउँदा चुनावमा सोचेअनुसारको सफलता नभएको उनले स्विकार गरेका छन्। 

पुसको पहिलो साताभित्र नयाँ सरकार गठन हुने उनले सुनाए। निर्वाचनमा कांग्रेससहितको दलको बहुमत पुगेको कारण गठबन्धनको सरकार बन्ने बताए। उक्त सरकारको नेतृत्वको मुख्य दाबेदार आफूमात्रै भएको उनको भनाइ छ। सरकार गठनको लागि गठबन्धनमा छलफल सुरु भएको पनि उनले बताए।

मुलुकमा कांग्रेससहितका दलको गठबन्धनले निरन्तरता पाउने बताउँदै उक्त सरकारको नेतृत्व आफूले गर्ने उनले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.