स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित
स्याङ्जा : स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालले भन्दा ५ हजार ६ सय २७ मत बढी ल्याएर गुरुङ विजयी भएका हुन्।
गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८३९ मत पाएकी छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत पाएका छन्।
प्रदेश २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन्। भट्टराईले १८ हजार ८०८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले १६ हजार ९९९ मत पाएका छन।
उनीहरूबीच १ हजार ८०९ मतको अन्तर रहेको छ।
यसअघि प्रदेश १ मा कांग्रेसका भोजराज अर्याल निर्वाचित भैसकेका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गरे।