सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

भक्तपुर : भक्तपुरमा तीन जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा भक्तपुर नगरपालिकाका रामलक्ष्मी दुवाल, सजना कवां र शिवलक्ष्मी दुवाल रहेका छन्। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका विभिन्न वडामा खटिरहेका उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरेका हुन्।

नगर प्रमुख प्रजापतिले स्वास्थ्य स्वयमसेविकाहरू समाजको सेवा गर्ने सामाजिक कार्यकर्ताका रूपमा परिचालन हुनुपर्ने बताउँदै स्वयमसेविकाहरूले समुदायसँग शिष्ट र सम्मानजनक बोलीमा जनतासँग व्यवहार गर्नुपर्नेमा जोड दिए।

प्रजापतिले स्वास्थ्य स्वयमसेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गरे । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.