भक्तपुरमा योमरी प्रदर्शन हुने

भक्तपुरमा योमरी प्रदर्शन हुने

भक्तपुर : नेवार समुदायले योमरी पूर्णिमाको दिन पकाएर खाने योमरी (मनपर्ने रोटी) को प्रदर्शन हुने भएको छ। 

भक्तपुर नगरपालिकाले मंसिर २४ गते नगरको दत्तात्रयमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म योमरी प्रर्दशनी गर्न लागेको हो।

प्रदर्शनीमा आआफ्नो योमरी प्रदर्शन गर्न चाहने नगरवासीले मंसिर २१ गते बिहान ११ बजेभित्र वडा नम्बर ८ , ९ र १० को वडा कार्यालयमा नाम दर्ता गर्नुपर्ने छ। 

त्यहाँ नाम दर्ता गरेका विभिन्न नगरवासी परिवारले बनाएका योमरीका विभिन्न परिकारहरू प्रर्दशन गर्ने जनाइएको छ। प्रदर्शनीका क्रममा सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव र सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा पनि गरिने छ। 

सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुरको दरवार क्षेत्रबाट दिउँसो २ बजे सुरु हुने छ। त्यसपछि दिउँसो २ बजेदेखि बेलुकी सात बजेसम्म दतात्रयमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी र खाद्यान्न उत्सव हुने कार्यालयले जनाएको छ।

वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटन व्यावसायलाई आर्कषित गर्ने हेतुले योमरी प्रर्दशनी गर्ने भएको जानकारी गराए। त्यस क्रममा आन्तरिक तथा बाह्य पर्यटकसहित सहभागी गराई संध्याकालीन सास्कृतिक सम्पदा पदयात्रा गर्दै सांस्कृतिक महत्वको बोकेका सम्पदाहरू परिचय दिने कार्यक्रम रहेको उनले सुनाए। 

भक्तपुरको सम्पदा क्षेत्र घुम्ने योजनाका साथ यो कार्यक्रम राखिएको उनी सुनाउँछन्। योमरी प्रदर्शर्नीमा योमरी मात्र नभई नेवार समुदायमा बन्ने विभिन्न परिकारको प्रदर्शनी हुने उनले जनाए। स्थानीय महिला समूहलाई योमरी लगायत अन्य नेवार समुदायमा बन्ने विभिन्न परिकारहरू रहने उनले बताए। 

साथै विभिन्न परम्परागत नाचहरूको प्रदर्शन गरिने योजना रहेको उनले सुनाए। भैल प्याख (नाच) माक प्याख, लाखे प्याख, फाकन्डली प्याख बासुरी बाजाको प्रस्तुति हुने उनले बताए। 

अन्तिममा राति नौ बाजाको प्रस्तुति गर्ने उनले बताए। साथै भक्तपुरको मौलिक जुजु धौ, परम्परागत तरिकाबाट उत्पादित तोरीको तेल र हातले तयार पारेको कालो टोपी अर्थात भातगाउँले टोपी पनि प्रदशनीमा राखिने उनले बताए।

विभिन्न तरिकाले आफ्नो मौलिकता झल्काएर छुटाछुटै तरिकाले बनाउने सक्ने स्थानीयले नाम दर्ता गरी प्रर्दशनमा आआफ्नो सहभागिता जनाउने उनले अनुरोध गरे। यहाँ यामरी बनाउनेदेखि लिएर कसरी खाने सम्म देखाउनेछ, उनले भने। 

कार्यक्रमको मुख्य उद्देश्य भक्तपुरमा भएका आफ्नै परम्परागत पोशाक, खेल, बाजागाजा र खानेकुराको परिकारलाई व्यवसायिक रूपमा लान सक्ने बनाउने र यसैबाट जीविकोपार्जन गराउने रहेको नगरपालिकाले जनाएको छ। 

पछि गएर यहाँ बाह्य तथा आन्तरिक पर्यटकलाई नाइट स्टे को वातावरण सिर्जना गर्नु रहेको नगरपालिकाको भनाइ छ। यस्तो प्रर्दशनी निरन्तर गर्दै जाने योजना रहेको ज्याख्वले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.