बालुवाटारमा जब प्रचण्ड कड्किए- माओवादीलाई भोट किन आएन?

बालुवाटारमा जब प्रचण्ड कड्किए- माओवादीलाई भोट किन आएन?

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता समीकरणका सबालमा गरेको निर्णयले सशंकित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सत्ता गठबन्धनको बैठक डाके। आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसर रहेका देउवाका लागि माओवादीको निर्णय 'अप्रत्यासित' नै थियो।

साना दलहरूलाई एकीकृत गरी शक्ति निर्माण गर्ने अभियानमा जुटेका प्रचण्डले एमालेसँगको सहकार्यलाई पनि विकल्पका रूपमा राखेका थिए। निर्वाचनअघि 'एकपटक देशको कार्यकारी भूमिका निर्वाह गर्ने' आकांक्षा देखाएका प्रचण्डले जे पनि गर्नसक्ने संकेत देखेपछि बालुवाटारले बैठक डाकेको स्रोतको दाबी छ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्डसँग यस विषयमा जिज्ञासा राखेको बैठकमा सहभागी नेताले बताए। प्रचण्डले गठबन्धनलाई निरन्तरता दिन सकिने बताए पनि निर्वाचनमा 'भोट ट्रान्सफर' नभएको दुखेसो सुनाए। 'यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पुरानै अडान हो। तर निर्वाचनमा हामीले किन कम मत पायौं? हामीले उम्मेदवारी दिएको ठाउँमा किन भोट ट्रान्सफर भएन?,' बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिन सकिने र त्यसका लागि राष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीहरूलगायतमा 'प्याकेज'मै सहमति गर्नुपर्ने बताएका थिए। त्यसो त एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने र सबैलाई 'वीनवीन' हुनेगरी सहमति गर्नुपर्ने बताएका थिए।

प्रधानमन्त्री देउवालगायत कांग्रेस नेताहरूले बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने कि नदिने, नदिने भए ठूलो पार्टीको हैसियतले कांग्रेस आफ्नै हिसाबले अगाडि बढ्ने धारणा राखेका थिए। कांग्रेस नेताहरूको अडान सुनेर गठबन्धन दलका नेताहरू पनि संयुक्त विज्ञप्तिका लागि 'पोजेटिभ' भएको बैठकमा सहभागी ती नेताको भनाइ छ।

विभिन्न पदका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ। 'समानुपातिक मतको परिणाम आइनसकेकाले अहिल्यै भागबण्डाका कुरामा प्रवेश गर्नु उचित थिएन। समानुपातिकको मत परिणामपछि बस्ने बैठकले भागबण्डाका विषयमा पनि छलफल चलाउने सहमति भएको छ,' ती नेताले भने।

जनमोर्चाका नेता हिमलाल पुरीले गठबन्धनको बैठक चुनावको मतपरिणाममै केन्द्रित भएको बताए। उनले गठबन्धन दललाई झिनो मात मात्र प्राप्त भएको र जनमतले पनि यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने सन्देश दिएको नेताहरूको निष्कर्ष भएको बताए। 'कांग्रेसबाहेक अन्य दलले किन झिनो मत पाए भन्ने विषयमा गहन छलफल भयो। जनमतले पनि यही गठबन्धनलाई निरन्तरता दिएको सन्देश दिन खोजेको सबै नेताहरूको बझाइ रह्यो। जनतालाई सन्देश दिनका लागि भए पनि हामीले संयुक्त विज्ञप्ति जारी गरेका हौं,' उनले अन्नपूर्णसँग भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.